लामा टेन्डी स्मृति बास्केटबल महिलातर्फ उपाधिका लागि प्रहरी र रोयल भिड्ने
टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि नेपाल प्रहरी र रोयल बास्केटबल एकेडेमी भिड्ने भएका छन्। राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा प्रहरी उपविजेता र रोयल विजेताका रुपमा फाइनल पुगेका हुन्। अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसँग मात्र पराजित भएको थियो । त्रिपुरेश्वरस्थित…