रोहित र आरिफको कीर्तिमनी साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। युएईमा जारी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो । बुधबार सारजाहमा भएको खेलमा २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो। अन्तिम ओभरका सुरुआती दुई बलमा बाउन्ड्री प्रहार गर्दै करण केसीले…