च्याम्पियन्स लिग : रियल र चेल्सी भिड्ने, बायर्न र लिभरपुललाई सहज प्रतिद्वन्द्वी
डिफेन्डिङ च्याम्पियन चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइलनमै बलियो प्रतिद्वन्द्वी पाएको छ । युईएफएले शुक्रबार गरेको क्वार्टरफाइनलको ड्र अनुसार चेल्सीले अन्तिम ८मा प्रतियोगिताकै सफल टिम रियल मड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो। चेल्सी फ्रेन्च क्लब लिलेलाई हराउँदै क्वार्टरफाइनल पुगेको हो भने रियलले अर्को फ्रेन्च क्लब पिएसजीलाई पाखा लगएको थियो । अघिल्लो सिजन यी दुई क्लब सेमिफाइनलमा भिडेका थिए।…