°
, May 30, 2023 in

Month: December 2022

रास्फोर्डको गोलमा युनाइटेडको जित

मार्कस रास्फोर्डले निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार भएको खेलमा रास्फोर्डको गोल मद्दतमा युनाइटेडले वुल्भ्सलाई उसकै मैदानमा १–०ले हरायो । निकै प्रतिस्पर्धात्म बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलको ७३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए। लिगमा युनाइटेडको लगातार…

प्रधानमन्त्री कप महिला क्रिकेट इटहरीमा हुने, विजेताले ५ लाख पाउने

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। टि–२० फर्म्याटमा हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान०को आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा हुने छ। लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । प्रसतियोगितामा एक विभागीय टिम र ७ प्रदेश गरी ८…

अल नासरसँग सम्झौता गरेपछि रोनाल्डोले भने– नयाँ देश र नयाँ लिग खेल्न उत्साहित छु

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन्। उनले अल नासरसँग प्रतिवर्ष १७५ मिलियन पाउण्ड पाउने गरी २ वर्षका लागि अनुबन्धन गरेका हुन्। अल नासरसँग सम्झौता गरेपछि रोनाल्डोले आफू नयाँ लिग खेल्न उत्साहित भएको बताएका छन्। ‘म फरक देश र फरक लिग खेल्दै नयाँ अनुभवका लागि रोमाञ्चित छु,’ सम्झौतापछि ३७…

पेलेको शोक एन्फाले भन्यो– सबै प्रतियोगितामा १ मिनेट मौन धारण गर्नु

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सर्वकालीन महान फुटबलर पेलेको निधनको शोक मनाउन सबैलाई भनेको छ । एन्फाले देशैभर सञ्चालन भइरहेको प्रतियोगिता अघि एक सातासम्म १ मिनेट मौन धारण गर्न भनेको छ। एन्फाले सबै जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनेट मौन धारण गर्न पत्र पठाएको छ। एन्फाले फिफाको निर्देशन अनुसार…

आहा–रारा पोखरा गोल्डकप : एपिएफसँग हार्दै बाहिरियो धरान, एपिएफ सेमिफाइनलमा

आयोजक साहरा क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको धरान एफसी विभागीय टिम एपिएफसँग पराजित भएको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा धरान डिफेन्डिङ च्याम्पियन एपिएफसँग २–०ले पराजित भयो। धरानविरुद्ध एपिएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । उसका लागि बिकु तामाङ र युवराज खड्काले गोल गरे। धरानविरुद्ध एपिएफले ३ मिनेट अन्तरमा २ गोल गरेको थियो। ३६औं बिकुको…

सिन्वारी चम्किँदा विराटनगरमाथि जनकपुरको जित

अफगान अलराउन्डर सामिउल्लाह सिन्वारीले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल टि–२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा सिन्वारीको अलराउन्ड प्रदर्शन मद्दतमा जनकपुरले विराटगरन सुपर किंग्समाथि ४९ रनको जित निकाल्यो । प्रतियोगितामा पहिलो पटक लयमा देखिएका अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी अलरान्डर सिन्वारीले ४० बलमा ७८ र ३ विकेट लिँदै…

फुबटलका जादुगर पेलेका केही राेचक घटना

फुबटलका जादुगरका रुपमा चिनिने महान फुबटलर पेले हामी माझ छैनन् । क्यान्सरबाट पीडित पेलेको उपचारका क्रममा बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ। १७ वर्षमै स्टार बनेका पेलेले आफ्नो २१ वर्ष लामो खेल जीवनमा थुप्रै कीर्तिमान बनाएका छन्। विश्व फुटबलको जुन चहलपहल छ, त्यो सबै पेलेकै कारण थियो भन्दा कुनै विरोध हुने स्थिति छैन ।…

नेपाल टि–२० लिग : आसिफ ब्याटिङमा चम्किँदा पोखराको दोस्रो जित, लुम्बिनीको पहिलो हार

ओपनर आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले लागातार दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पोखराले लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित निकाल्यो । पोखराको यो लागतार दोस्रो जित हो । यसअघि लगातार ५ खेलको हारेको पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई हराएको थियो। लुम्बिनीको यो छैठौं खेलमा पहिलो…

बेन्जिमा चम्किँदा रियलको जित

स्टार स्ट्राइकर करिम बेन्जिमा चम्किएपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शुक्रबार राति भएको खेलमा बेन्जिमाले अन्तिम ७ मिनेटमा दुई गोल गरेपछि रियलले रियल भालाडोलिडमाथि २–०को जित निकाल्यो । चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत रियललार्य अग्रता दिलाए । सर्जियो लियोनले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रियलले पेनाल्टी पाएको थियो।…

आत्मघाती गोलमा लेस्टरमाथि लिभरपुलको जित

दुई आत्मघाती गोल मद्दतमा इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। शुक्रबार राति भएको खेलमा वोउट फेइसले २ आत्मघाती गोल गरेपछि लिभरपुरले लेस्टर सिटीमा २–१को जित जित निकाल्यो । एन्डफिल्डमा अग्रता लेस्टरले लियो । चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो। तर, खेलको ३८ औं मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा…