ओमरजाइको विस्फोटक ब्याटिङ, काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य
नेपाल टि–२० लिगको उद्घाटन खेल अफगानी अलराउन्डर अज्मतुल्लाह ओमरजाइले विस्फोटक ब्याटिङ गरेपछि काठमाडौं नाइटले पोखरा एभेन्जर्सलाई १६३ रनेका ठूलो लक्ष्य दिएको छ। टियू मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै काठमाडौंमा निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनायो। पहिला ब्याटिङ गरेको काठमाडौैंको सुरुआत राम्रो हुन सकेन। उसले ४८ रन बनाउँदा आफ्न महत्वपूर्ण ५ विकेट गुमाएको…