°
, June 1, 2023 in

Day: January 17, 2023

थाइल्यान्डमा बक्सिङमा नेपालका दुई पदक पक्का

थाइल्यान्डमा जारी एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले दुई पदक जित्ने पक्का भएको छ। बैंककमा भइरहेको प्रतियोगितामा महिलातर्फ त्रिसा जवेगुले मिडल वेट ७५ किलो तौल समूह र पुरुषतर्फ विजय बाटाले क्रुजर वेट ८६ किलो तौल समूहमा नेपाललाई उपाधि दिलाउने पक्का भएको हो । उनीहरु दुवै बाई पाएर अघिल्लो चरण प्रवेश गरेसँगै कास्य पदक…

सन्तोषी, गोपीचन्द्रसहितकाे एथलेटिक्स टोली ढाका जाने

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा…

संकटासँग बदलालिँदै भुटनिज क्लबले जित्यो बागमती गोल्डकपको उपाधि

बागमती गोल्डकपको उपाधि अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (बीवाईएससी)ले जितेको छ। मंगलबार भएको फाइनलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै बीवाईएससीले उपाधि जितेको हो। योसँगै बीवाईएससीले संकटासँग आहारारा पोखरा गोल्डकपको फाइनलमा पाएको हारको बदला पनि लिएको छ। बीवाईएससीलाई ३–२ले हराउँदै संकटाले आहा–रारा गोल्डकप उपाधि जितेको थियो। पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको…

वालिङ गोल्डकपमा क्यामरुनी टिमसँग हार्‍यो आर्मी क्लब, भरत खवासलाई सम्मान

विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै क्यामरुनको एभिनियर एफसी वालिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा एभिनियर एफसीले त्रिभुवन आर्मी क्लबमाथि ३–१को जित निकाल्यो। एभिनियरको जितमा अब्देल, टिम्बा र अनिसेले गोल गरेका थिए भने आर्मीका दिनेश हेन्जनले गोल गरेका थिए। खेलमा चारै गोल पहिलो हाफमा भएको थियो। २१औं मिनेटमा अब्देलको गोलमा एभिनियरले सुरुआती…

ब्राजिलियन मिडफिल्डर डानिलो नटिङ्घम फरेस्टमा

ब्राजिलियन युवा मिडफिल्डर डानिलो इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टमा आबद्ध भएका छन्। २१ वर्षीय मिडफिल्डर डानिलो ब्राजिलियन क्लब पाल्मेरसबाट नटिङ्घम आएका हुन्। डानिलोलाई भित्र्याउन इंग्लिस क्लबले १८ मिलिनयर पाउण्ड खर्चिए। डानिलोले नटिङ्घमसँग साढे ६ वर्षको सम्झौता गरेका छन्। पाल्मेसरको सिनियर टिमबाट १४१ खेल खेलका डानिलोले अघिल्लो सिजन टिमलाई ब्राजिलियन लिग र क्याम्पेन्टो पाउलिस्टा, रिकोपा…

स्पेनका सराबिया र ब्राजिलका गोमेज भित्र्याउँदै वुल्भ्स

यो सिजन खराब प्रदर्शन गरिरहेको इंग्लिस क्लब वुल्भ्सले विन्टर ट्रान्सफरमा थप दुई खेलाडी भित्र्याउने तयारी गरेको छ। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको वुल्भ्सले स्पेनिस स्ट्राइकर पाब्लो सराबिया र ब्राजिलियन मिडफिल्डर जोआ गोमेज भित्र्याउँदैछ । वुल्भ्सले ३० वर्षीय विंगर पाब्लो सरावियालाई फ्रेन्च क्लब पिएसजीबाट अनुबन्धन गर्न लागेको हो । वुल्भ्सले सराबियाका लागि ४.४ मिलियन पाउण्ड तिर्ने छ।…

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो । सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ। सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट…

पिएम कप महिल क्रिकेट : लगातार तेस्रो जित निकाल्दै प्रदेश १ सेमिफाइनलमा

लागतार तेस्रो जित निकाल्दै प्रदेश १ इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्ने क्रममा प्रदेश १ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो। यसअघि उसले लुम्बिनी प्रदेशलाई ९ रन र मधेश प्रदेशलाई ९ विकेटले हराएको थियो। समूह बीका तीनै खेलमा पराजित भएको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। यो समूहबाट…

पिएसजीविरुद्ध रोनाल्डोले कप्तानी गर्ने

जनवरी १९मा हुने फ्रेन्च क्लब पिएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा रियाद एफसीको कप्तानी पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गर्ने भएका छन्। विन्टर ट्रान्सफर विन्डाेमा रोनल्डो साउदी क्लब अल नासरमा आबद्ध भएसँगै उनले पिएसजीविरुद्ध कप्तानी गर्ने मौका पाएका हुन्। करिब ३ साताअघि अल नासारमा आबद्ध भएपनि रोनाल्डोले अहिलेसम्म डेब्यू गरेका छैनन्। साउदीमा रोनाल्डोको पहिलो खेल यही हुनेछ। रियाद…

नेपाली फुटबलमा भविष्य नदेखेपछि तीन स्टार खेलाडी विदेशिए

मुख्य आयस्रोत मानिएको ए डिभिजन लिग लामो समयदेखि हुन नसक्दा फुटबलरहरू विदेशी बाध्य भएका छन्। लिग नहुँदा भविष्य देखेपछि सुरक्षित भविष्यको खोजीमा यो वर्ष मात्रै राष्ट्रिय टिमका एक दर्जन बढी खेलाडी विदेशिएका छन्। अधिकांश खेलाडी अस्ट्रेयिया गएका छन्। यही क्रममा सोमाबार राति मात्रै राष्ट्रिय टिमका तीन स्टार खेलाडी विदेशिएका छन्। नेपाली राष्ट्रिय टिमका नियमित सदस्य…