एपिएफलाई हराउँदै अयोजक वालिङ गोल्डकपको फाइनलमा
आयोजक वालिङ एफसी वालिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा विभागीय टिम एपिएफलाई १–०ले हराउँदै वालिङ उपाधि नजिक पुगेको हो। एपिएफविरुद्ध वालिङलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णायक गोल गरे। उनले खेलको छैटौं मिनेटमै गोल गरेका थिए। उनले टिकाराज गुरुङको पासमा हेडमार्फत गोल गरेका थिए। वालिङ एफसीले अधिंकाश ए डिभिजन क्लबका खेलाडीलाई…