सन्दीप प्रकरणमा सर्वोच्चले मगायो जिल्ला र उच्च अदालतबाट कागजात
बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट कागजात मगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले तल्लो अदालतको निर्णय प्रतिवेदन झिकाएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा निवेदन…