°
, June 7, 2023 in

Day: February 7, 2023

रेलिगेसन दबाब बढेपछि लिड्सले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक

लिड्स युनाइटेडले मंगलबार मुख्य प्रशिक्षक व्यवस्थापक जेसे मार्सलाई बर्खास्त गरेको छ। टिमको खराब प्रदर्शनपछि रेलिगेसन दबाब बढेपछि लिड्सले प्रशिक्षक मार्सलाई बर्खास्त गरेको हो। लिग मध्यमागमा पुग्दा मार्स प्रिमियर लिगमा यो सिजन बर्खास्त हुने आठौं प्रशिक्षक बनेका छन्। उनी एक वर्षपनि नपुग्दै बर्खास्तीमा परेका हुन्। फेब्रुअरीमा मार्सेलो बिएल्सा बर्खास्तीमा परेपछि मार्सले लिड्सको मुख्य प्रशिक्षक बनेक थिए।…

अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने फिन्चको घोषणा

अष्ट्रेलियन क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अष्ट्रेलियका टि–२० टिमका ३६ वर्षीय कप्तान फिन्चले मंगलबार अन्तर्राष्ट्रिय करिअर टुंग्याउने घोषणा गरेका हुन्। सन् २०२१मा युएई र ओमानमा संयुक्त रुपमा आयोनजा भएको टि–२० विश्वकप फिन्चले आफ्नै कप्तानीमा अस्ट्रेलियालाई जिताएका थिए। उनी अष्ट्रेलियाका लागि टि–२०मा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी हुन्। गत सेप्टेम्बरमा मै एकदिवसीय…

यू–२० महिला साफ : जित्दै पर्ने दबाबबीच भारतसँग भिड्दै नेपाल

बंगलादेशको ढाकामा जारी यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले आज लिगको अन्तिम खेल खेल्दै छ। चार टिमसहभागी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बलियो भारतसँग खेल्दै छ। ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो पौने तीन बजे भारतसँग खेल्न मैदान उत्रँदा नेपाली टिम दबाबमा हुनेछ । किन भने फाइनलमा स्थान बनाउन बलियो भारतलाई हराउनै पर्ने दबाबमा नेपाल छ। यता,…