°
, May 30, 2023 in

Day: March 20, 2023

एपिएफलाई हराउँदै फ्रेन्ड्स तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

फ्रेन्ड्स क्लब २२औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। बुटबलमा सोमबार भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ले हराउँदै फ्रेन्ड्स सेमिफाइनलमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा फ्रेन्ड्सका डोना थापा र राफियो यमोनीले दोस्रो हाफमा गोल गरेका थिए । एपीएफको तर्फबाट दोस्रो हाफको ईन्जुरी समयमा विरेन्द्र यादवले सान्त्वना गोल फर्काएका थिए । खेलमा फ्रेण्ड्स…

आफिसले जिते अर्को अन्तर्राष्ट्रिय अवार्ड

नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ सेखले अर्को अन्तर्राष्ट्रि अवार्ड प्राप्त गरेका छन्। आसिफलाई इंग्ल्यान्डको मेरलिबोन क्रिकेट क्लब (एमसीसी)ले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिने भएको हो। गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसिसीले उनलाई यो अवार्ड दिने घोषणा गरेको हो। त्यो…

थ्री नेसन्स कप विजेताले ५ हजार डलर पाउने, खेल हेर्न ५ सय र हजारको टिकट

भोलिबाट सुरु हुने पप्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमाबर पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो जानकारी दिएको हो। ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छ। एन्फाका अनुसार उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त…

नेपाली बक्सर अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपकाे क्वार्टरफाइनलमा

नेपाली बक्सर अञ्जली तेली भारतको नयाँ दिल्लीमा जारी आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। हाइटीकी मारी स्टर्लिङ क्याथरिनलाई हराउँदै अञ्जलीले क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। महिला ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी अञ्जलीले शीर्ष वरियताकी मारीविरुद्ध उत्कृष्ट खेल पस्किइन्। अन्जलीले यसअघि पहिलो चरणमा डोमिनिक रिपब्लिकन खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी…

क्रिकेटरद्वय ललित र दिपेशलाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

क्रिकेटरद्वय ललितनारायाण राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले सम्मान गर्ने भएको छ। महानगरले दुवैलाई जनही एक लाख एक हजार रुपैयाँ सहित सम्मान गर्ने भएको हो। नेपाली राष्ट्रिय टिमलाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन विश्वकप लिग २को अन्तिम सिरिजमा ललितले उत्कृष्ट प्रदर्शन गरेका थिए। यता, युवा क्रिकेटर दिपेशले पराजित भइसकेको खेलमा ह्याट्रिक गर्दै नेपाललाई यू–१९ विश्वकपमा पु¥याएको…

थ्री नेसन्स कपको टिमबारे एन्फाले भन्यो– भुटान र लाओसलाई कमजोर टिम भन्न मिल्दैन

मंगलबारबाट दशरथ रंगशालामा सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा कमजोर टिम नल्याएको दाबी अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगिता अघि आयोजित प्रि म्याच कन्फ्रेन्समा एन्फाले त्यस्तो दाबी गरेको हो। एन्फाले थ्री नेसन्स कपका लागि भुटान र लाओसलाई आमन्त्रण गरेको छ । त्यसको आलोचना भएपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रिम्याच कन्फ्रेन्समा वरिष्ठ उपाध्यक्ष…

थ्री नेसन्स कप खेल्न भुटानी टिम नेपाल आइपुग्यो

मंगलबारबाट दशरथ रंगशालमा सुरु हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने भुटानी टिम नेपाल आइपुगेको छ। भुटानी टोली सोमबार बिहान नेपाल आएको हो। भुटानी टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे। चैत ८ देखि १७ गतेसम्म हुने थ्री नेसन्स कपमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ। सिंगल…

म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबा राति फुलहममाथि ३–१को पुनरामगन जित निकाल्दै युनाइटेड सेमिफाइनलमा पुगेको हो। फुलहमले सुरुआती अग्रता लिए पनि दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । जसको फाइदा युनाइटेडले उठायो र अन्तिम १५ मिनेटमै तीन गोल गर्‍यो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा खेलको ५०औं…

बुन्डेस लिगामा बायर्न पराजित, फाइदा डर्टमन्डलाई

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख पराजित भएको छ। आइतबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख बायर लेभरकुसनसँग २–१ले पराजित भयो । लेभरकुसनका लागि दुवै गोल इजेक्वेल पलासियोसले गरे भने बायर्नका जोसुअ किमिचले गोल गरेका थिए। २२औं मिनेटमा किमिचको गोलमा बायर्नले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो । तर, दोस्रो हामा लेभरकुसनले…

क्रिस्टल प्यालेसमाथि आर्सनलको जित, शीर्ष स्थानमा ८ अंकको अग्रता

प्रिमियर लिगमा लिग लिडर आर्सनलले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सननले क्रिस्टल प्यालेसलाई ४–१को जित निकाल्यो। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि साकाले दुई तथा ग्याब्रिअल मार्टिनेली र ग्रानिट जाकाले गोल गरे। २८औं मिनेटमा मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लियो । उनले साकाको पासमा गोल गरेका थिए। ४३औं मिनेटमा साकाले आर्सनलको…