°
, May 30, 2023 in

Day: March 24, 2023

प्रदेश सरकारले आसिफ शेखलाई दुई लाख रुपैयाँ दिने

मधेस प्रदेश सरकारले क्रिकेटर आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ऊँचो गरेको भन्दै आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्। हालै सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२…

फिफा वरीयतामा नेपाली महिला टिम शीर्ष सयभित्र

नेपाली महिला फुटबल टिममले फिफा वरीयता सुधार गरेको छ। फिफाको नयाँ अपटेड अनुसार नेपाली महिला टिम ३ स्थान सुधार गर्दै शीर्ष सयभित्र अटाएको छ। यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा आएको छ। यता, एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ। गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै…

ललितपुर मेयर कप : एपिएफ र कोसीको जित

ललितपुर मेयर महिला च्याम्पियनसिपमा एपिएफले लगातार दोस्रो खेलमा जित हात पारेको छ। शुक्राबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई १५ रनले पराजित गर्‍यो। यसअघि बिहीबार एपिएफले मधेसलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। शुक्रबार कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले २ विकेटको क्षतिमा १२१ रन जोड्यो। एपिएफका लागि ज्योती पाण्डेले १३ रन जोड्दा कप्तान…

लाओसमाथि नेपालको जित, अनन्त र नवयुगले गरे गोल

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपाल विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसमाथि २–०को जित निकालेको हो। योसँगै नेपालले लाओसमाथि ९० मिनेटको समयमा पहिलो पटक जित निकलोको छ । तीन भेटमा नेपालको दोस्रो जित हो । यसअघि नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा लाओसलाई पेनाल्टीमा हराएको थियो भने त्यसअघि भएको…

खप्तड गोल्डकप : खुमलटारलाई हराउँदै एभिनर क्वाटरफाइनलमा

धनगढी, चैत १० छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ ।शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो ।…

रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगल विजयी

युरोप कप छनोटमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रेरित पोर्चुगल विजयी भएको छ। रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–०को सजह जित निकालये । यो खेलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। पोर्चुगलका लागि उनको यो १९७औं खेल हो। युरोकप छनोटको पहिलो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले २ गोल गरे भने जोआ…

मेसीको ८ सयौं गोलमा अर्जेन्टिनाको जित

कप्तान लियोनल मेसीले करियरको ८ सयौं गोल पूरा गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ। शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा मेसी प्रेरित अर्जेन्टिनाले पानमामाथि २–०को जित निकाल्यो। घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र थिएगो अल्मडाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। मेसीले ८९औं मिनेटमा…