°
, May 30, 2023 in

Day: March 25, 2023

पुलिस क्लब खप्तड गोल्डकपको क्वाटरफाइनलमा

विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ। पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सटआउटमा ३–० गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टीमा पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदी सफल भएका थिए । विदेशी टोलीका प्रवेश…

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई, चर्च बोइज उपविजेतामै सीमित

१३औं संस्करणको इटहरी गोल्डकपको उपाधि विराटचोकको सगरमाथा एफसीले जितेको छ। इहटरीमा शनिबार भएको फाइलनमा ए डिभिजन क्लब चर्च बोइजलाई टाइब्रेकरमा ६–५ले हराउँदै सगरमाथाले उपाधि रक्षा गरेको हो। उपाधिसंगै सगरमाथाले नगद १० लाख रुपैया प्राप्त गरेको छ । उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त ग¥यो । उपाधी रक्षा गरेको सगरमाथाले प्रशिक्षकसहित पुरै टिम खुमलटार एफसीको मैदान…

ललितपुर मेयर्स कप महिला टि–२० : लगातार तेस्रो जितसँगै एपिएफ फाइनलमा

विभागीय टिम एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। ५ टिम सहभागी प्रतियोगितामा लागतार तेस्रो जि त निकाल्दै एपिएफले एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाएको हो। डिफेन्डिङ च्याम्पियन एपिएफले तेस्रो जित निकाल्ने क्रममा कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै कोशीले दिएको ८८ रनको मध्यम…

थ्री नेसन्स कपमा लाओसले भुटालाई हरायो

दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओस विजयी भएको छ। शनिबार भएको खेलमा लाओसले भुटानलाई २–१ले हरायो। यो जितसँगै लाओसले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ । अब भुटानले मंगलबार हुने खेलमा नेपालको सामना गर्नेछ । त्यसै खेलको नतिजाले…

गुल्मीमा क्रिकेटर अर्जुन कुमाल सम्मानित

यू–१९ क्रिकेट टिममा ओपनर अर्जुन कुमाल सम्मानित भएका छन्। शनिबार उनलाई उद्योग वाणिज्य संघ गुल्मीले सम्मान गरेको हो। तम्घासमा भएको संघको ३१औं साधारणसभामा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे। छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । गुल्मीमा…

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकप

बुटबलमा भएको २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। शनिबार एन्फा टेक्निकल सेन्टर बुटबलमा भएको फाइनलमा सुदूरपश्चिम–११लाई सडन डेथमा ८–७ले हराउँदै मनाङ च्याम्पियन बनेको हो। निर्धारित समयको खेल १–१को गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा मनाङका कोफी तिमोथे, विशन गुरुङ, आशिष गुरुङ, जियान शेख, विजय श्रेष्ठ,…

आर्मीका मुकेश र पुलिसकी राजपुरा जिते १०के रोड रेस उपाधि

चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेका छन्। पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जिते । एपीएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा रहे । साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे । यस्तै तेस्रो…

कसले जित्ला तिलोत्तमा गोल्डकप मनाङ या सुदूरपश्चिम?

२२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिको छिनोफानो शनिबार लाग्दैछ। बुटबलमा शनिबार हुने फाइनलमा उपाधिका एडिभिजन क्लब मनाङ मर्स्याङ्दीले सुदूरपश्चिम–११ को सामाना गर्ने छ। सुदूरपश्चिम थ्री स्टारलाई हराउँदै फाइनलमा पुगेको हो भने मनाङ फ्रेण्ड्स क्लबलाई हराउँदै फाइनल पुगेको हो। मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा गरेको थियो। तर प्रतियोगिता भने गोल्डकप स्थापना…

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो छनोटमा सानदार सुरूआत गरेको छ। गएराति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमले स्विडेनमाथि ३–० को सहज जित निकालेको हो। कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमलाई जिताउन लुकाकुले ह्याट्रिक गरे। ३५ औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्जियमलाई सुरूआती अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै अग्रता…

एम्बाप्पेको कप्तानी डेब्यूमा नेदरल्यान्ड्समाथि फ्रान्सको जित

कप्तानका रुपमा डेब्यू खेलमा एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरेपछि फ्रान्स विजयी भएको छ। नियमित कप्तान ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुबटलबाट सन्यास लिएपछि कप्तान बनेका एम्बाप्पेले युरोकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरे। कप्तानका रुपमा फ्रेन्च टिमका डेब्यू गरेका खेलमा एम्बाप्पेले २ गोल गरेपछि फ्रान्सले नेदरल्यान्ड्समाथि ४–०को सानदार जित निकाल्यो। घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा दोस्रो मिनेटमै…