°
, May 30, 2023 in

Day: March 28, 2023

केटीएम सिटीको विन्टर सेल अफर

केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ। केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल…

पुलिसलाई हराउँदै आयोजक खप्तड गोल्डकपको सेमिफाइनलमा

आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो। सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरे। खेलको ३० औं मिनेटमा…

दीपकले नेपाललाई हारबाट जोगाए, फाइनलमा नेपाल र लाओस भिड्ने

प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको अन्त्यतिर दीपकराजसिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १–१ गोलको बराबरी खलेको हो। यो बरारबीसँगै नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ। यता, अन्तिम केही समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरएको छ। भुटान बराबरीमा रोकिएपछि लाओस दोस्रो हुँदै फाइनलमा प्रवेश…

भुटानविरुद्ध नेपालका लागि दीपकको बराबरी गोल

प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा नेपालले खेलको अन्त्यतिर बराबरी गोल गरेको छ। हारतर्फ अग्रसर भएको नेपालका लागि ९०औं मिनेटमा बराबरी गोल गरेको थियो। नेपालका लागि दीपकराजसिंह ठकुरीले गोल गरेका थिए । नेपालका लागि दोस्रो खेल खेलेका उनको यो पहिलो गोल हो। त्यसअघि घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो ।…

पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलको पहिलो हाफमा नेपाल भुटासँग पछि परेको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भुटानले नेपालविरुद्ध १–०को अग्रता लिएको हो। घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। नेपाली डिफेन्डरले नेर्बुलाई मार्क गर्न नसक्दा गोल…

नेपालविरुद्ध भुटानलाई अग्रता, नोर्बुले गरे गोल

दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा भुटानले नेपालविरुद्ध अग्रता लिएको छ। घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। नेपालविरुद्ध १३औं खेल खेलिरहेको भुटानको छैठौं गोल हो । यता, नेपालले भने भुटानविरुद्ध ३८ गोल गरेको छ। प्रतियोगिताको…

यस्तो छ भुटानविरुद्ध खेल्ने नेपाली टिम, अञ्जन इन, भरत आउट

काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोतिको अन्तिम खेलमा नेपालले केहीबेर पछि भुटानको सामाना गर्दैछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। खेलका लागि मुख्य प्रशिक्षक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्लेइङ ११ सार्वजनिक गरेका छन्। उनले लाओसविरुद्ध खेलेको टिममा एक परिवर्तन गर्दै टिमलाई मैदान उतारेका छन्। लाओसविरुद्ध सुरुआती ११ मा रहेका स्ट्राइकर भरत…

यू–१७ महिला साफमा नेपाल र बंगलादेशले खेले बराबरी

यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। मंगलबार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशबीच १–१को बराबरी भयो। आठौं मिनेट सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। पहिलो हाफ १–०मै सकियो । तर, ७५औं मिनेटमा बंगलादेशकी सागुरिकाले गोल गर्दै खेलालाई बराबरीमा ल्याइन्। यो बराबरीसँग नेपाल…

अपराजित रहँदै एपिएफ फाइनलमा, ललितपुर जितबिहीन

विभागीय टिम एपिएफ क्लब अपराजित रहँदै काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमाभएको खेलमा एपिएफले आयोजक ललितपुर–११ लाई ३७ रनले हरायो। यो हारसँगै आयोजक ललितपुरले प्रतियोगिकमा कुनै खेल जित्न सकेन। पहिला ब्याटिङ थर्दै एपिएफले दिउको १११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ७३…

संकटाका पूर्वखेलाडी निरजले न्युजिल्यान्डमा लिग खेल्ने

ए डिभिजन क्लब संकटाका पूर्वखेलाडी निरज बस्नेतले न्युजिल्यान्डमा व्यसायिक फुटबल खेल्ने भएका छन्। ए डिभिजन लिग नियमित हुन नसकेपछि निरज एक वर्षअघि सुरक्षित भविष्यको खोजीमा न्युजिल्यान्ड पुगेका थिए। अब भने उनी न्युजिल्यान्डमा व्यसायिक फुटबललाई अगाडि बढाउँदै छन्। डिफेन्डर निरजले न्युजिल्यान्डको साउदन लिग खेल्ने भएका छन्। त्यसका लागि निरज साउदन लिग क्लब नोमाड्स युनाइटेड एएफसीमा आबद्ध…