°
, May 30, 2023 in

Day: March 31, 2023

एसियन ट्राईयाथलन कपको तयारी पुरा

नेपाल ट्राईयाथलन संघको आयोजनामा भोली शनिबार हुने २०२३ एसियन ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ। प्रतियोगितालाई स्वच्छतापूर्ण सम्पन्न गर्न सम्पूर्ण प्राविधिक टोली तथासहभागिता जनाउने खेलाडीहरु पोखरा आईपुगिसकेका छन्। लेकसाईडस्थित प्रतियोगिताको सचिवालय रहेको होटल ग्लोरी गार्डेनमा खेलाडीहरुको दर्ताका साथै प्रतियोगिताका लागि आवश्यक कार्यहरु भएका छन्। ट्राईयाथलनका लागि पर्याय बनेको नेपालको रमणिय…

साफ च्याम्पियनसिप जुन २६ बाट भारतमा हुने

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ बाट भारतमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघको शुक्रबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म भारतको बेंगलुरूमा आयोजना हुने निर्णय गरेको हो। बैठकमा साफ बाहिरका एक वा दुई टिमलाई आमन्त्रित टिमको रुपमा बोलाउने विषयमा पनि छलफल भएको छ।…

विराटनगर महानगरले गर्‍यो ललित र दीपेशलाई १ लाखसहित सम्मान

विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ। विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवै जनालाई जनही एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन्। सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी…

आयुष घलान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

नेपालका युवा विंगर आयुष घलान प्रधानन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आयुषले ५ सय अमेरिकी डलर प्राप्त गरे। युवा अवस्थामै नेपालको मुख्य स्ट्राइकर बनेका आयुषले प्रतियोगिताका तीनै खेलमा सुरुआतबाटै खेलेका थिए। नेपाललाई उपाधि दिलाउने क्रममा आयुषले फाइलनमा लाओसविरुद्ध नेपालका लागि पहिलो हाफमा बराबरी गोल गरेका थिए। यस्तै, लिग…

मनिष र आयुषको गोलमा नेपाल जित्यो थ्री नेसन्स कप उपाधि

घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लोओसमाथि २–१को पुनरागमन जित निकाल्दै नेपालले उपाधि जितेको हो। नेपाललाई घरेलु मैदानमा उपाधि दिलाउने क्रममा दुई युवा स्ट्राइकरले गोल गरे। नेपालका लागि मनिष डाँगी र आयुष घलानले गोल गरे भने लाओसका लागि फोथोवंग सांगविलयले गोल गरेका थिए।…

मनिषले दिलाए नेपाललाई अग्रता

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा नेपालले लाओसविरुद्ध पहिलो पटक अग्रता लिएको छ । लाओसमाथि निरन्तर आक्रमण बुनिरहेको नेपाललाई मनिष डाँगीले अग्रता दिलाएका हुन्। उनले अञ्जन विष्टको पासामा ८७औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए । घरेलु दर्शकको साथ पाएको नेपालविरुद्ध अग्रता भने लाओसले बनायो। उसले खेलको १६औं मिनेटमै अग्रता लिएको थियो। उसका…

नेपाल र लाओसबीच पहिलो हाफ बरारबीमा

काठमाडाैं, चैत १७ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन्। घरेलु दर्शकको साथ पाएको नेपालविरुद्ध अग्रता भने लाओसले बनायो। उसले खेलको १६औं मिनेटमै अग्रता लिएको थियो। उसका लागि फोथोवंग सांगविलयले नेपाली डिफेन्सको…

आयुषले गरे नेपालका लागि बराबरी गोल

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा नेपालले बराबरी गोल फकाएको छ। त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफको १६औं मिनेटमै पछि परेको नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल गरेका हुन्। उनले एरिक विष्टको पासमा गोल गरेका थिए। त्यसअघि १६औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । फोथोवंग सांगविलयले गोल गरेका थिए।…

ओलम्पिक छनोटका लागि महिला टिमको घोषणा, सृजना पहिलाे पटक टिममा, प्रीति परिनन्

घरेलु मैदानमा आयोजना हुने पेरिस ओलम्पिकको एसिया छनोटका लागि मुख्य प्रशिक्षक अनन्त थापाले नेपाली महिला टिमको घोषणा गरेका छन्। केही साताको बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक थापाले शुक्रबार २२ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्। गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा घोषणा गरिएको टिममा डिफेन्डर सृजना चेम्जोङ पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् भने यस्तै, पुजा रानाले…

लाओसविरुद्ध नेपाली टिममा तीन परिवर्तन, दीपक, मनिष र मिण पहिलो रोजाईमै

घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले नेपाली टिममा तीन परिवर्तन गरेका छन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर पछि उपाधिका लागि लाओससँग खेल्दै छ। मुख्य प्रशिक्षक एनेसले लिगको अन्तिम खेलमा भुटानविरुद्धको टिममा तीन परिवर्तन गरेका छन्। उनले अन्तिम समयमा भुटानविरुद्ध डेब्यू गरेका स्ट्राइकर दीपकराज सिंह ठकुरीलाई पहिलो रोजाइमै…