Day: March 31, 2023

आईपिएलकाे १६औं संस्करण आजबाट सुरु हुँदै, उद्घाटन खेलमा गुराजत र चेन्नई भिड्ने

क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल)को १६औं संस्करण आजबाट सुरु हुँदैछ। डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच खेलसँगै आईपिएलको नयाँ सिजन सुरु हुनेछ। खेल गुजरातको घरेलु मैदान अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन्…

घरेलु दर्शकको साथमा उपाधि जित्ने नेपालको लक्ष्य

राष्ट्रिय टिमका सिनियर खेलाडी विदेश पलायन भएपछि नेपाली टिममा अहिले अधिकांश युवा खेलाडी छन्। तीनै युवा खेलाडीको साथमा नेपाली टिम प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ। शुक्रबार हुने फाइनलमा नेपालले लाओसको सामाना गर्ने छ । खेल साँझ ५ः३० बजे दरशथ रंगशालामा हुनेछ। नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल…

विराटनगर सिटीले जित्यो विराट गोल्डकप उपाधि

आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो । यसअघि विराटनगरले २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । विराटनगरको…