Month: March 2023

यू १९ विश्वकपमा छनोट भएको नेपाली टिमलाई जनही १ लाख दिने क्यानकाे घाेषणा

८ वर्षपछि यू–१९ विश्वकप छनोट भएको नेपाली टिमलाई क्यालने नगद पुरस्कार दिने भएको छ। युएईमा भएको एसिया छनोटको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएलगत्तै क्यानले नेपाली टिमका प्रत्येक सदस्यले १ लाख रुपैयाँ दिने घोषणा गरेको हो। युएईमा आज भएको छनोटको अन्तिम खेलमा नेपालले युएईमाथि सनसनीपूर्ण ७ रनको जित निकालेको थियो। युएईलाई ३ ओभरमा…

नेपालको खराब ब्याटिङ, युएईसँग ६८ रनले पराजित

खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल आईसिसी विश्वकप लिग–२का युएईसँग पराजित भएको छ । युएईमा बिहीबार भएको खेलमा २०८ रनको मध्यम लक्ष्य पछ्याउँदा नेपाल ६८ रनको फराकिलो अन्तरले पराजित भयो। नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। नेपालका लागि कुशल मल्ललै आक्रमक इनिङ खेल्दै अर्धशतक बनाए । उनले ५३ बलमा ९ चौका र…

दीपेश कँडेलको सनसनी ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा

स्पिनर दीपेश कँडलले ह्याट्रिक लिँदै नेपाल यू–१९ विश्वकपमा छनोट भएको छ। विश्वपकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराउँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको हो। नेपाललाई विश्वकपमा पु¥याउने क्रममा दीपेशले सनसनीपूर्ण ह्याट्रिक गरे। युएई जितका लागि ३ ओभरमा ११ रन चाहिएको अवस्थामा स्पिनर दीपेशले ४७औं ओभरको अन्तिम तीन बलमा विकेट लिँदै नेपाललाई…

सय रन नबनाउँदै नेपालले गुमायो ७ विकेट, दबामा नेपाल

युएईले दिएको २०८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ। आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत युएई विरुद्ध नेपालले १ सय रन नबनाउँदै नेपालले महत्वपूर्ण ७ विकेट गुमाएको छ। नेपालले ९९ रन बनाउँदा ७ विकेट गुमाएको थियो। ताजा अवस्थामा नेपाल २१ ओभरमा १ सय रन बनाएर खेलिरहेको छ। क्रिजमा सोमपाल कामी…

दबाबमा रहेको नेपालका लागि कुशलको आकर्षक अर्धशतक

युवा अलराउन्डर कुलश मल्लले आकर्षक अर्धशतक प्रहार गरेका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा कुशलले घरेलु टोलीविरुद्ध कुशलले रोहन मुस्तफाको बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरे। कुशलले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्। १४ एकदिवसीय खेलमा कुशलको यो चौथो अर्धशक हो। १८ वर्षीय कुशल…

सन्दीपको उत्कृष्ट बलिङ, युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ मद्दतमा आईसिसी विश्वकप लिग–२ को खेलमा युएईले नेपालाई २०८ रनको मध्यम लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ युएईले निधारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनायो। युएइृका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाए। उनले ९९ बल खेल्दै ५ चौका र ३ छक्का…

यू–१९ विश्वकप खेल्न नेपालले १९२ रनको लक्ष्या डिफेन्ड गर्नुपर्ने, देवले खेले कप्तानी इनिङ

अर्को वर्ष हुने यू–१९ विश्वकप खेल्न नेपालले १९२ रनको लक्ष्य डिफेन्ड गर्नुपर्ने भएको छ । यू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपालले आयोजक युएईलाई १९२ रनको लष्य दिएको हो। मध्यम लक्ष्यमा जित निकाल्न सकेन नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट हुनेछ। अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ बलमा अलआउट…

युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

यूएईमा जारी आईसिसी विश्वकप लिग २मा अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो। आईसिसी विश्वकप लिग २मा लागतार पाँच जित निकालेको नेपाल छैठौं जितको खोजीमा छ। युएईविरुद्धको खेलअघि सन्दीप लामिछाने टिममा फर्किएकाले नेपाली टिम उत्साहित छ। सर्वोच्च अदालतले सन्दीपलाई…

मछिन्द्रले जित्यो केपी ओली कप उपाधि

प्रथम केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। बुधबार रंगशालामा भएको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई पेनाल्राटी सुटआउटमा ५–३ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो। ९० मिनेटको खेल एक–एक बराबरीमा सकिएको खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। पेनाल्टीमा पेनाल्टीमा मछिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरेका थिए। सातदोबाटोका…

सानदार जितसहित आर्सनललाई ५ अंकको अग्रता

लन्डन क्लब आर्सनलले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकालेको हो। यो सानदार जितसँगै आर्सनलले शीर्ष स्थानमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। २५ खेलमा आर्सनलको ६० अंक छ भने समान खेलमा ५५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ। यता, आर्सनलसँगको एभर्टनलाई रेलिगेसन खतरा…