आईपिएलकाे १६औं संस्करण आजबाट सुरु हुँदै, उद्घाटन खेलमा गुराजत र चेन्नई भिड्ने
क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल)को १६औं संस्करण आजबाट सुरु हुँदैछ। डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच खेलसँगै आईपिएलको नयाँ सिजन सुरु हुनेछ। खेल गुजरातको घरेलु मैदान अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन्…