°
, May 30, 2023 in

Day: April 1, 2023

लिभरपुरमाथि म्यान्चेस्टर सिटीको सानदार जित

इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। शनिबार इतिहाद स्टेडियममा भएको खेलमा सिटीले लिभरपुलमाथि ४–१को सानदार जित निकाल्यो। सिटीको जितमा जुलियन अल्भारेज, केभिन डे ब्रुयन, ज्याक ग्रेलिस र इल्के गुन्डोगानले गोल गरे भने लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरे। खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल भएको थियो। सिटीको मैदानमा १७औं…

मनाङलाई हराउँदै थ्री स्टारले जित्यो खप्तड गोल्डकप

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। शनिबार धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्री स्टारले सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्डकप उपाधि जितेको हो। लिगमा यो सिजत कमजोर प्रदर्शन गरिरहेको थ्री स्टारलाई उपाधि दिलाउन अनिल महर्जन र कप्तान विक्रम लामाले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव…

एसियन ट्राईयाथलनको उपाधि बब र मारगारेटालाई

पोखरामा सम्पन्न २०२३ एशिया कप ट्राईयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन्। ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधि जितेका हुन्। नेपाल ट्राईयाथलन संघको आयोजनमा…

तेक्वान्दोका ढकालले दुई अन्तर्राष्ट्रिय स्पर्धा खेलाउने

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकालले अस्ट्रिया र स्पेनमा हुने विश्व वरीयताका तेक्वान्दो प्रतियोगिताका लागि निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । अस्ट्रियाको इन्सब्रुकमा शनिबारदेखि अस्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा रहनेछन्। त्यसपछि उनी स्पेनको एलिकान्टेमा वैशाख १ देखि ३ सम्म हुने स्पेनिस ओपन विश्व वरीयता तेक्वान्दोका लागि उनी सहभागी हुनेछन् । ढकाल गत…

‘नेपाललाई विश्वकै खेलकुदको हव बनाउन सकिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई विश्वकै खेल क्षेत्रको हव बनाउन सकिने बताएका छन्। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९मा प्रधानमन्त्री दहालले नेपाललाई खेलकुदको हव बनाउन सकिने भएकाले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए। उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरुमा आफुले सदैव सहभागीता…

कसले जित्ला सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप थ्री स्टार या मनाङ ?

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल आज हुँदैछ। धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टार भीड्दै छन्। शुक्रबार प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरे। थ्री स्टारका कप्तान बिक्रम लामाले सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे। उनले खेलाडीको रिकभरी समय…

आईपिएलको उद्घाटन गुजरातले चेन्नईलाई हरायाे

१६औं संस्करणको आईपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन गुजराज टाइन्टस विजयी भएको छ। शुक्रबार अहमदावादमा भएको खेलमा गुराजतले चेन्नई सुपरकिंग्समाथि ५ विकेटको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै दिएको १७९ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकोटको क्षतिमा भेट्टायो। उसका लागि शुभमन गिलले अर्धशतकीय योगदान दिए। उनले ३६ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६३…