शतक हान्दै पुजाले बनाइन् कीर्तिमान, कुवेतलाई २१४ रनको लक्ष्य

12 Nov, 2024
Share:
117 Shares

युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालकी कप्तानले पूजा महतोले शतक प्रहार गरेकी छिन्।

उनले जारी खेलमा कुवेतविरुद्ध शतक प्रहार गरेकी हुन्। योसँगै उनले कीर्तिमान पनि आफ्नो नाममा लेखाइन्।

कुवेतविरुद्ध पुजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। यो यू–१९ महिला टि–२० विश्वकप छनोटको पहिलो शतक हो।

यो स्कोर नेपाली महिला क्रिकेटरले बनाएको सर्वाधिक स्कोर हो भने नेपाली महिला क्रिकेटरको दोस्रो शतक हो।

पुजाको कीर्तिमानीसँगै नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा २१३ रन बनायो ।

यस्तै, सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।