सातौं चरण्को पहिलो खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा भिड्ने

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुने भएको छ । सातौं चरणको पहिलो खेलमा शीर्ष स्थानेको मच्छिन्द्र क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन् ।

मच्छिन्द्र र हिमालयन शेर्पाबीचको खेल शुक्रबार दिउँसो तीन बजे दशरथ रंगशालामा सुरु हुने छ । सातौँ चरणका सबै खेल दशरथ रंगशालामै हुने छन् ।

छैटौँ चरणको समाप्तिमा १३ अंकका साथ मच्छिन्द्र शीर्ष स्थानमा छ । १३ अंक नै जोडेको विभागीय टिम त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने १२ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ ।

शुक्रबारको खेलमा जित निकाल्दै मच्छिन्द्र अपराजित रहने दाउमा हुने छ । हिमालयन शेर्पा पनि बलिायो मच्छिन्द्रविरुद्ध अंक खोस्ने दाउमा हुने छ । हिमालयन शेर्पा ४ अंकका साथ रेलिगेसन जोनमा छ ।

सातौं चरणको प्रतिष्ठित भिडन्तका थ्री स्टार र मनाङको भीडन्त रहेको छ । यो खेल प्रतिष्ठित भीडन्तका रुपमा रहेको छ । सातौं चरणमै जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामाना गर्ने छ भने एनआरटीले एपिएफको सामना गर्ने छ ।

यसैगरी फ्रेन्ड्स र सरस्तवी, ब्रिगेड ब्बाइज र संकटा तथा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लब पनि सातौं चरणमा भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.