ए डिभिजन लिगमा साहुखलको सय गोल

नेपाली राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलले ए डिभिजन लिगमा १ सय गोलको कोशेढुंगा पार गरेका छन् । ए डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लबका लागि बुधबार दशरथ रंगशालामा गोल गर्दै साहुखलले १ सय गोलको कोशेढुंगा पार गरे ।

बुधबार भएको खेलमा विभागीय टिम पुलिसविरुद्ध गोल गर्दै साहुखलले ए डिभिजन लिगमा सय गोलको कीर्तिमान आफ्नो नाममा लेखाए । उनी लिगमा सय गोल गर्दै एक्ला खेलाडी हुन् ।

उनले पुलिसविरुद्धको खेलको १८औँ मिनेटमा हेमन्त श्रेष्ठको फ्रि–किकलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले ग्रिपमा लिन नसकेको बललाई रिबाउन्डमा सन्तोषले गोल गर्दै सय गोलको कोसेढुंगा पुरा गरे ।

सन्तोषले १० असार ०६० मा थ्री स्टारबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै संकटा पहिलो गोल गरेका थिए । सन्तोषले संकटाका गोलरक्षक उज्ज्वल मानन्धरविरुद्ध तत्कालीन समयमा १०औँ मिनेटमै गोल गरेका थिए । जारी लिगमा सन्तोषले च्यासलबाट व्यक्तिगत पाँच गोल गर्दै समग्रमा १ सय १ गोल पूरा गरेका छन् ।

यद्यपि, इतिहास रचेको दिनमा सन्तोष उनी आबद्ध च्यासल बराबरीमा रोेकियो । च्यासल र पुलिसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको पाँचौँ मिनेटमै निरकुमार राईको गोलबाट पुलिसले १–० को अग्रता लियो । तर, सन्तोषले १८औँ मिनेटमा खेल १–१ को बराबरीमा ल्याए ।

खेलको ४१औँ मिनेटमा पुनः पुलिसले सुमन लामाको गोलमार्पmत २–१ को अग्रता बनायो । पुलिसको दोस्रोपटकको अग्रता पनि सन्तोषले नै तोडे । सन्तोषले हेमन्तकै क्रस सदुपयोग गर्दै बराबरी गोल फर्काएका हुन् ।

सय गोल गरे पनि सन्तोषले सामान्य गोलझँै सेलिब्रेसन गरे । सबै खेलाडी कर्नरमा आएर टाउको निहुराएर सन्तोषको पहिलो गोलको सेलिब्रेसन गरेका थिए । खेलपछि सन्तोषले लिगकै कीर्तिमानी सय गोललाई आफूले सामान्य गोलका रूपमा लिएको बताए ।

सन्तोषले भने ‘मेरो लागि सय गोलभन्दा टिमको जीत महŒवपूर्ण थियो । टिम बराबरीमा रोकिँदा दुःख लागेको छ ।’ उनले आफू लिगमा कहिले पनि सय गोल पूरा गर्छु भनी नखेलेको बताए । सन्तोष भने ‘मैले कहिले पनि सय गोल गर्नुपर्छ भनेर तनाव लिइन, त्यसैले सय गोलमा पनि अन्य गोलजस्तै सामान्य रूपमा लिएको छु ।’

सय गोल भावी युवा पुस्ताका लागि प्रेरणा हुने विश्वास उनको छ । सन्तोषले साथी र अफिसियलले सय गोलको जर्सी सरप्राइज दिएको बताए । उनले भने ‘मैले सय गोल गरौँला र कुनै खास खुसी मनाउँला भन्ने सोचेको थिइनँ । साथीहरूले ल्याएको जर्सी लगाएको हुँ ।’ उनले राष्ट्रिय टोलीका प्रशिक्षकले बोलाए आफू समय मिलाएर फर्कन सक्ने बताए । ‘राष्ट्रिय टिममा प्रशिक्षकले चाहे, म समय मिलाएर फर्कन सक्छु ।’ उनी पछिल्लो केही वर्षदेखि जापानमा रहँदै आएका छन् ।

च्यासलका प्रशिक्षक तथा सन्तोषकै दाजु बालगोपाल साहुखलले कुनै पनि खेलाडीका लागि सय गोल ऐतिहासिक हुने बताए । प्रशिक्षक बालगोपालले भने ‘कुनै पनि खेलाडीले लिगमा सय गोलको कीर्तिमान बनाउनु ऐतिहासिक हो । उसको सय गोलमा परिवार मात्र नभई सिंगो क्लब नै खुसी रहेको छ ।’

सन्तोषका १०० गोल

  • २०६० थ्री स्टार (६)
  • २०६१ एपिएफ (६)
  • २०६२ थ्री स्टार (९)
  • २०६३ थ्रीस्टार (११)
  • २०६६–६७ थ्रीस्टार (१९)
  • २०६८ मनाङ (१६)
  • २०६९ थ्रीस्टार (१७)
  • २०७० थ्री स्टार (९)
  • २०७५ च्यासल (३)
  • २०७६ च्यासल (४ )

थ्री स्टार विजयी

उपाधि अभियानमा रहेको थ्री स्टार क्लबले लिगमा तेस्रो जित निकाल्न सफल भएको छ । बुधबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले पराजित गर्दै थ्री स्टारले लिगमा तेस्रो जित निकालेको हो । थ्री स्टारले दोस्रो स्थानको मच्छिन्द्र समान १० अंक बनाए पनि गोल अन्तरमा पछि रहेको छ ।

थ्री स्टारका लागि सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासुई हाजमतले एक–एक गोल गरेका थिए । ब्रिगेडका लागि रोशन रानाले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए । खेलको ६६औँ मिनेटमा ब्रिगेड १० खेलाडीमा सीमित भएको थियो । ब्रिगेडका दीपेन्कराज सिंहले अशोक खवासमाथि डरलाग्दो ट्याकल गर्दा सीधै रातो कार्ड पाएर बाहिरिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.