संकटासँग रोकियो आर्मी, गुमायो शीर्षस्थानमा उक्लिने अवसर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगबाल भएको एकमात्र खेलमा उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । मंगलबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

संकटासँगको यो बराबरीसँगै विभागीय टिम आर्मीले शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमायो । ६ खेलमा ४ जित, १ बराबरी र १ हारको सामाना गरेको आर्मी १३ अंकका साथ दोस्रो स्थानमा छ । समान १३ अंक भएपनि मच्छिन्द्र शीर्ष स्थानमा छ । १२ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । संकटा भने ८ अंकका साथ आठौं स्थानमा छ ।

२९ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले सुरुवाती अग्रता लियो । उनले दिनेश हेम्जनले क्रसमा उनले हेडिङमा उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमै आर्मी १० खेलाडीमा सीमित भएपछि आर्मी दबाबमा आयो । ५२औं मिनेटमा युद्ध शाही दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

१० खेलाडीमा सीमित भएलगत्तै संकटाले खेलललाई बराबरीमा ल्यायो । खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटा खेललाई बराबरीमा ल्याएका थिए । आर्मीका सुमन लामाले डिबक्समा ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.