बराबरीमा रोकिए जावलाखेल र हिमालयन

सहिद स्मारक ए डिभिजन लिगको १२औं चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । बुधबार भएको एकमात्र खेलमा जावलाखेल र हिमालयन शेर्पाले एन्फा कम्प्लेक्स मैदानमा ३–३ गोलको बराबरी गरेका छन् ।

हिमालयन शेर्पासँगको बराबरीसँगै जावलाखेलले ‘टप सिक्स’ पक्का गरेको छ । जावलाखेलले १२ खेलमा १९ अंकका साथ लिगको पाँचौं स्थानमा छ । १२ खेलमा ११ जोडेको हिमालयन शेर्पा ११औं स्थानमा छ ।

खेलमा जावलाखेलका कुवेर विष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे भने हिमालयन शेर्पाका स्टेफेन समिरले दुई तथा विजय श्रेष्ठले एक गोल गरे ।

खेलको पाचौं मिनेटमै हिमलयन शेर्पाले अग्रता लियो । उसका स्टेफेनले गोल गरेका थिए । २६औं मिनेटमा विजयले गोल गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमै जावलाखेल १० खेलाडीमा सीमित भएको थियो । तर, हिमलायन शेर्पाले त्यसको फाइलन उठाउन सकेन । गोलरकिपर अरुण ब्लोनले डिबक्स बाहिर बल समाएपछि ३५औं मिनेटमा उनले रातो कार्ड पाएका थिए ।

इन्जुरी समयमा कुवेरले गोल गरेपछि जावलाखेल खेलमा फर्कियो । तर, इन्जुरी समयमै स्टेफेनले गोल गर्दै पुनः हिमालयन शेर्पालाई २ गोलको अग्रता दिलाए । १० खेलाडीमा सीमित भएपनि दोस्रो हाफमा जवालाखेलले उत्कृष्ट प्रदर्शन ग¥यो ।

६० औं मिनेटमा फोफानाले हेड गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । । ७०औं मिनेटमा फ्रिकिकमा रुपले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि कुनै गोल भएन र खेल ३–३ मै सकियो ।

खेलको अन्त्य हिमालयन शेर्पाले पनि १० खेलाडीमा रहेर ग¥यो । ६८औं मिनेटमा निरज बस्नेत दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

लिगको अन्तिम खेलमा जवलाखेलले मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्ने छ भने हिमालयन शेर्पाले एनआरटीको सामाना गर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.