जवालाखेललाई हराउँदै पुलिस चौथो स्थानमा उक्लियो

शहीद स्मारक ए डिभिजनज लिगअन्तर्गत शनिबार भएको खेलमा जावलायुथ क्लबलाई पराजित गर्दै विभागीय टिम नेपाल पुलस क्लब लिगको चौथो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–०ले हरायो ।

७ खेलमा ३ जित, २ हार र १ बराबरी खेलेको पुलिस ११ अंक जोड्दै चौथो स्थानमा उक्लिएको हो । आजै हुने अर्को खेलमा थ्री स्टार क्लब मनाङ मस्र्याङ्दीसँग बराबरीमा रोकिए पछि पुलिस सातौं चरणको समाप्तिसम्म चौथो स्थानमै रहने छ ।

शनिबार भएको खेलमा पुलिसलाई जित दिलाउन सौजन राई र सुमन सुवेदीले गोल गरे । जावलाखेलविरुद्ध पुलिसले दुवै हाफमा समान १ गोल गरेको थियो । खेलको २६औं मिनेटमा हेडिङमा गोल गर्दै सौजनले पुलिसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–०को अग्रता लिएको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दोब्बर बनायो । ४७औं मिनेटमा कप्तान सुमन सुवेदीले कर्नरमा हेडिङ गोल गरेका थिए । त्यसपछि कुनै गोल हुनसक्दा पुलिसले लिगमा ३ जित निकाल्यो । जावलाखेलको भने यो दोस्रो हार हो ।

लिगमा ६ खेलमा १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । १३ अंक नै जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ । तर, मच्छिन्द्रले १ खेल बढी खलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.