एन्फाले बढायो ए डिभिजन लिगको पुरस्कार राशि

Read Time:1 मिनेट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजलको लिगके पुरस्कार राशि बढाउने निर्णय गरेको छ। आइतबार एन्फले क्लबका प्रतिनिधिहरुसँगको छलफलका क्रममा लिगको पुरस्कार राशि बढाउने घोषणा गरेको हो।

यो सिजन लिग विजताले ७५ लाख रुपैयाँ पाउने छ । यस्तै, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ। यअसघि विजेतालाई ५० लाख रुपैयाँ दिइन्थ्यो।

यस्तै एन्फाले क्लबहरुलाई तयारी खर्च स्वरुप २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।

यो सिजनको ए डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ। यसअघि असोज ३ बाट हुने भनिएको लिग एन्फाले २ महिना पछि राखेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post २ महिनापछि सर्‍यो ए डिभिजन लिग, २९ कात्तिकबाट
Next post डोना थापाले ए डिभिजिन लिग थ्री स्टारबाट खेल्ने
Close