ब्रिगेड बोइजलाई हराउँदै पुलिस पाँचौँ स्थानमा

नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ । शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ब्रिगेड बोइज क्बलालई १–० ले हराउँदै पुलिस क्लब पाँचौ स्थानमा उक्लिएको हो ।

पुलिसलाई जिताउन भरत शाहले निर्णायक गोल गरे । उनले पहिलो हाफको २९ औं मिनेटमा निरकुमार राईको कर्नरमा गोल गरेका थिए । त्यही गोल खेलको निर्णायक बन्यो ।

यो लिगमा पुलिसको यो पाँचौ जित हो । ११ खेलपछि पुलिस १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको हो । पुलिसले जाउलाखेल, एनआरटी र संकटालाई २ अंकले पछि पारेको छ ।

पुलिस भन्द पछि रहेका एनआरटी र जाउलाखेलले अझै ११ औं चरणको खेल खेल्न बाँकी रहेकोले ती टिमले खेल जिते पुलिसलाई पछि पार्नेछ । ११ खेलबाट २६ अंम जोडेको विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । यस्तै समान खेलबाट २५ अंकसहित मछिन्द्र क्लब दोस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.