संकटाविरुद्ध थ्री स्टारको कठीन जित

डिफेन्डर अनन्त तामाङले गरेको एक मात्र गोलको मद्दतमा थ्री स्टार क्लबले संकटा क्बलमाथि कठीन जित निकालेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले संकटामाथि १–०को जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले ६१ औं मिनेटमा गोल गरेका थिए । संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई अनमार्क रहेका अनन्तले सहज गोल गरेका थिए ।

४२ औं मिनेटमा थ्री स्टारका गोलकिपर भएको अवस्थामा संकटाका मार्टिन्सको प्रहार कप्तान विक्रम लामाले गोल लाइटबाट क्लियर गर्दै थ्री स्टारलाई बचाए । यस्तै खेलको ५४ औं मिनेटमा थ्री स्टारका मिक्छेन तामाङले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । ६० औं मिनेटमा मिक्छेनकै प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले पन्च गरेर बचाए ।

जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ । पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *