आयुष घलान थ्री स्टारमा

SHARE TO:
Read Time:1 Minute

नेपाल सुपर लिगबाट उदाएका युवा विंगर आयुष घलानले आसन्न सहिद स्मारक ए डिभिजन लिग ललितपुरे क्लब थ्री स्टारबाट खेल्ने भएका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि थ्री स्टारले आयुषलाई अनुबन्धन गरेको हो।

थ्री स्टारले मंगलबार आयुषलाई आफ्ना खेलाडीका रुपमा सार्वजनिक गरेको छ।

गत वैशाखमा भएको पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा पनि परेका थिए । उनले विश्वकप र एसिया कपको दोस्रो चणको छनोटको अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका आयुषले मोफसलका नकआउट प्रतियोगिता संकटा क्लबबाट खेलेका थिए । संकटाले आहा–रारा गोल्डकप उपाधि जित्दा आयुषले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सोही प्रदर्शनका आधारमा आयुषलाई पोखरा थन्डर्सले स्थायनी खेलाडीको कोटामा क्लबमा लिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट खेल उज्वेकिस्तानमा हुने
Next post मोइन अलीलाई टेस्ट टिममा बोलाइयो
Close