अनिल गुरुङले ब्रिगेड बोइजबाटै ए डिभजिन लिग खेल्ने

नेपालका भेट्रान स्ट्राइकर अनिल गुरुङले ब्रिगेड बोइज क्लबबाटै आसन्न सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। ब्रिगेड बोइजका कप्तान समेत रहेका अनिल गुरुङ क्लबसँगको सम्झौता नवीकरण गरेपछि उनीले यो सिजन पनि ब्रिगेड बोइजबाटै खेल्ने पक्का भएको हो।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका गुरुङले अघिल्लो सिजन पनि ब्रिगेड बोइजबाटै खोलेका थिए । अनिलकै कप्तानीमा ब्रिगेड बोइज १२औं स्थानमा रहेको थियो । उसले १३ खेलमा २ जित, ३ बराबरी र ८ हारसहित ९ अंक जोडेको थियो।

अनिलले बिस २०६२ सालमा पहिलो पटक ब्रिगेड बोइजबाटै ए डिभिजन लिग खेलेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी, थ्री स्टार, एनआरटी क्लबबाट समेत लिग खेले भने सिलोङ लाजोङबाट आईलिग समेत खेले।

आसोज ३ गतेबाट सुरु हुने भनिएको लिगका लागि ब्रिगेड बोइजले क्यामरुनका बर्टरान्ड एबोडे, रुडी बाकोप र फाब्रिस मर्लिनलाई अनुबन्ध गरेको छ।

Facebook Comments Box