पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा फर्कियो

सहिद स्मारक ए डिभिजन लिगको विभागीय ‘डर्बी’ अर्थात् त्रिभुनव आर्मी क्लब र नेपाल पुलिसबीचको खेल आर्मीले बाजी मारेको छ । आइतबार दशरथ रंगशालामा भएको डर्बी भिडन्तमा आर्मीले पुलिसमाथि ४–२ को जित निकाल्यो ।

आर्मीको जितमा राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ नायक सावित भए । उनले खेलको अन्तिम १५ मिनेटमा २ गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । र, उपाधि होडमा पनि आर्मीलाई अग्रस्थानमा उभ्याए ।

डर्बी भिडन्तमा महत्वपूर्ण जित निकाल्दै आर्मी पुनः लिगको शीर्ष स्थानमा फर्किएको छ । आर्मीले १० खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा १ अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको मच्छिन्द्रले २२ अंक जोडेको छ । १९ अंकका साथ मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ ।

आइतबारको खेलमा आर्मीले उत्कृष्ट कमब्याक जित निकाल्यो । खेलमा आर्मी २ पटकपछि परेको थियो, तर उसले खेलको अन्त्य भने सुखद् रुपमा ग¥यो । २०औं मिनेटमा बुद्धबल तामाङको गोलमा पुलिस अग्रता लिएको थियो । उनले निरकुमार राईको फ्रिकिकमा उत्कृष्ट हेडिङ गोल गरेका थिए ।

३४औं मिनेटमा आर्मीका सुमन अर्यालले सन्तोष तामाङको फ्रिकिकमा हेडिङमार्फत् नै गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पुनः पुलिसले अग्रता लियो ।

खेलको तेस्रो गोल पनि हेडिङ मार्फत् नै सम्भव भयो । ५८औं मिनेटमा पुलिसका मानबहादुर परियालले कप्तान नीरकुमारकै कर्नरमा हेडिङमार्फत गोल गरेका थिए ।

खेलमा २–१ले पछि परेलगत्तै आर्मीले २ खेलाडी परिवर्तन ग¥यो र दुवै विंग्सबाट पुलिसलाई दबाब दिने रणनीति बनायो । उसले स्ट्राइकर जर्जप्रिन्स कार्कीको स्थानमा विवेक बस्नेत र दिनेश हेम्जनको स्थानमा टेकबहादुर बुढाथोकीलाई मैदान छिराएको थियो ।

त्यसपछि आर्मी अट्याकिङ फुटबल खेल्दै पुलिसलाई दबाबमा राख्यो । ७७औं मिनेटमा सुदील राईको क्रसमा नवयुगले हेडिङमार्फत् उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल बराबरीमा आएपछि आर्मीले पुलिसमाथि थप दबाब दियो ।

८५औं मिनेटमा नवयुगले नै उत्कृष्ट गोल गर्दै आर्मीलाई खेलमा अग्रता दिलाए । उनले कप्तान भरत खवासको क्रसमा पुलिसका डिफेन्डरले क्लियर गर्न असफल भएपछि प्राप्त बलमा गोल गरेका थिए । ८९औं मिनेटमा सुदीललाई डिबक्स बाहिरबाट प्रहार गरेको पावरफुट सट गोलमा परिणत भएपछि आर्मी ४–२ले विजयी भयो ।

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले स्कोर मात्र आफ्नो पक्षमा नआएको बताए । उनले पुलिसले अहिलेसम्मै उत्कृष्ट प्रदर्शन गरेको बताए । प्रशिक्षक थापाले आर्मी विरुद्ध उत्कृष्ट खेलेको भन्दै आगामी खेलमा पनि यस्तै प्रदर्शन गरे लिग टप सिक्सभित्र सकाउकान सकिने बताए । उनले टिमको डिफेन्समा भने कमजोरी रहेको बताए ।

यसैगरी आर्मीका प्रशिक्षक नवीन न्यौपानले आफूहरू ३ अंकका लागि खेलेको र त्यो लक्ष्य पुरा भएको बताए । उनले २–१ पछि परेपनि हाम्रो टार्गेट उपाधि हो, जसरी पनि हामीले ३ अंकका लागि खेल्नु पर्छ भावना सबै खेलाडीमा भएकाले जित निस्किएको बताए । न्यौपानले पुलिसविरुद्ध जित निकाले पनि उपाधि होड कठीन भएको पनि बताए । उनले मच्छिन्दं्रविरुद्धको खेल निकै महत्वपूर्ण भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.