ब्रिगेड बोइजले भित्र्यायो तीन क्यामरुनी खेलाडी

आसन्न्न ए डिभजिन लिगका लागि ब्रिजेड बोइज क्लबले क्यामरुनका तीन खेलाडीलाई अनुबन्धन गरेको छ। असोज ३ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिगका लागि ब्रिगेड बोइजले रुडी एमबाकोप, बट्रान्ड इडोबी र फाब्रिस मेरिलिन अतासीलाई अनुबन्धन गरेको हो।

मिडफिल्डर एमबाकोपले वैशाखमा सम्पन्न नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका थिए । डिफेन्डर इडोबी र स्ट्राइकर अतासीले अफ्रिकन रुट्सबाट नेपालमा खेल्दै आए पनि नेपालमा ए डिभिजन लिग पहिलो पटक खेल्न लागेका हुन् ।

तीन विदेशी खेलाडीसँगै ब्रिगेड बोइजले मिडफिल्डरद्वय शिशिर लेखी र रोशन रानामगरसँग सम्झौता नवीकरण गरेको छ भने थ्रीस्टार क्लबका गोलरक्षक पूर्ण चेम्जोङ, मनाङ मर्स्याङ्दीका विशाल बस्नेत, सातदोबाटो युवा क्लबका दिनेश चौधरीलाई अनुबन्धन गरेको छ ।

व्यवस्थापक अरविन्द गुरुङका अनुसार विदेशी खेलाडीका साथ टोलीको छिट्टै प्रशिक्षण सुरु गरिने बताए । उनले आफूहरुले कोरोनाको वर्तमान अवस्थामा लिग गर्न ज्ञापन पत्र बुझाएपनि आफूहरुको योजना लिग नै नखेल्ने भने नभएको बताए । उलने एन्फाले सबै स्वास्थ्य स्थितिसहित सबै मापदण्ड पूरा गरेर खेलाउँछ भने हामी खेल्न तयार रहेको बताए ।

गत मंगलबार मात्र ब्रिगेड बोइजसहित ललितपुरका चार क्बलले ए डिभिजन लिग स्थगित गर्न माग गर्दै एन्फामा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउनेमा ब्रिगेड बोइजसँगै थ्री स्टार, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्बल छन्।

Facebook Comments Box