विशाल श्रेष्ठ मच्छिन्द्रमै रहने

गोलकिपर विशाल श्रेष्ठले यो सिजन पनि लिग च्याम्पियन मच्छिन्द्रबाटै ए डिभिजन लिग खेल्ने भएका छन्। विशालले क्लबसँग सम्झौता नवीकरण गरेको मच्छिन्द्रले उल्लेख गरेको छ।

विशालले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले फेसबुकमार्फत उल्लेख गरेको छ। अघिल्लो सिजन विशाल मनाङ मर्स्याङ्दीबाट मच्छिन्द्र आएका थिए।

मनाङबाटै ए डिभिजन लिगमा डेब्यू गरेका २८ वर्षीय विशालले सन् २०७५मा मनाङले उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोल किपर बनेका थिए।

कात्तिक २९ गतेबाट सुरु लिगका लागि मच्छिन्द्र आफ्ना पुराना खेलाडीसँगको सम्झौता नवीकरणलाई तिव्रता दिएको छ । उसले सुजल श्रेष्ठ, रेजित सुब्बा र अभिषेक रिजालसँग सम्झौता नवीकरण गरिसकेको छ। यस्तै, उसले युवा स्टार मनिष डाँगीलाई अनुबन्धन गरेको छ।

Facebook Comments Box