हिमालयन शेर्पालाई नेपाल आइसको साथ

Read Time:1 Minute

ए डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आसइसले प्रायोजन गरेको छ। सिजी ब्रुअरीको नेपाल आइसले हिमालयन शेर्पालाई आसन्न ए डिभिजन लिगका लागि मुख्य प्रायोजन गरेको हो।

हिमालयन शेर्पा र सिजी ब्रुअरीबीच बुधबार प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौता पत्रमा हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीले स्ताक्षर गरे ।

यस्तै हिमालयन शेर्पाले केटीएम सिटीसँग किट्स प्रायोजन सम्झौता पनि गरेको छ। बुधबार नै कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटीएम सिटीका सिईओ निमा शेर्पाले किट्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ । अब शेर्पाले ए डिभिजन लिगमा केटीएम सिटीको जर्सी लगाएर खेल्नेछ ।

३ गतेबाट सुरु हुने ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो खेल शनिबार संकटा क्लबसँग खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बार्सिलोनाले दियो अल्भेसलाई ८ नम्बरको जर्सी
Next post नेपाली महिला क्रिकेट टिमले जित्यो ऐतिहासिक टि-२० सिरिज
Close