जुमानुले गरे ह्याट्रिक, पुलिसले फ्रेड्सलाई हरायो

ए डिभिजन लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय टिमका पूर्व स्टार स्ट्राइकर जुमानु राईले उत्कृष्ट प्रदर्शन गरे । बिहीबार बिहान भएको खेलमा जुमानुले ह्याट्रिक गरेपछि फ्रेन्ड्स क्लबलाई ३–०ले पारजित गर्दै नेपाल पुलिस क्लबले ‘टप सिक्स’ पक्का गरेको छ ।

फ्रेन्ड्स क्लबलाई हराउँदै पुलिसले शीर्ष ६ मा आफ्नो स्थान पक्का गरेसँगै लिगको ‘सुपर सिक्स’ समीकरण पनि पुरा भएको छ । पुलिससँगै त्रिभुवन आर्मी, मच्छिन्द्र, मनाङ, थ्री स्टार र जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा आफ्नो स्थान पक्का गरेको छ । आगामी वर्ष आयोजना हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगकाा शीर्ष ६ टिम र प्रदेश लिगबाट आएका टिमको सहभागीता रहने छ ।

१३ खेलमा २० अंक जोड्दै पुलिसले लिग पाँचौं स्थानमा रहेर सकाएको छ । पुलिसले ६ जित, २ बराबरी र ५ हाराको सामाना ग¥यो । फ्रेन्ड्स भने १३ खेलमा १४ अंकका साथ दसौं स्थानमा रह्यो । लिगमा २९ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकका साथ मच्छिन्द्र दोस्रो स्थानमा छ । यस्तै, २५ अंक जोडेको मनाङ तेस्रो, २३ अंकका साथ थ्री स्टार चौथो र २९ अंक जोडेको जावलाखेल छैठौं स्थानमा छ ।

बिहीबार सातदोबोटास्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा फ्रेन्ड्सले पहिलो हाफमा पुलिस गोलरहित बरारबीमा रोकेको थियो । दोस्रो हाफमा पूर्व स्टार खेलाडी जुमानु राई मैदान प्रवेश गरे र ह्याट्रिक गर्दै खेलको स्वरुप परिवर्तन गरे ।

उनले ४९ औं मिनेटमा गोलको खाता खोलेका थिए । हेमन्त श्रेष्ठलाई रिप्लेस गर्र्दै मैदान छिरेका जुमानुले पहिलो आक्रमणमै गोल गरे । ५६ औं मिनेटमा जुमानुले पुलिसको अग्रता दोब्बर बनाए भने ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यो जारी लिगको दोस्रो ह्याट्रिक हो । यसअघि थ्री स्टारका संजोग राईले सरस्वती क्लबविरुद्ध ह्ाियट्रक गरेका थिए । जुमानुले २०७० पछि पहिलो पटक लिगमा गोलको खाता खेले । यो सिजन जुमानुले लिगका अधिंकाश खेलमा बेन्चमा बसेर बिताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *