रन्जितको निर्णायक गोलमा मच्छिन्द्रले पुलिसलाई हरायो

डिफेन्डर रञ्जित धिमालले निर्णायक गोल गरेपछि उपाधि होडमा रहेको मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार भएको शहीद स्मारक ए डिभिजन लिगको एक मात्र खेलमा मच्छिन्द्रले पुलिसलाई १–०ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५४औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रञ्जितले मच्छिन्द्रलाई अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा रञ्जितको सोही गोल टिमलाई ३ अंक दिलाउन पर्याप्त भयो ।

पुलिसविरुद्धको जितसँगै मच्छिन्द्र ८ खेलमा ५ जित, २ बराबरी र १ हारका साथ १६ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । पुलिस भने ११ अंकका साथ छैठौं स्थानमा छ । ७ खेलमा १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानम छ भने १३ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ ।

मच्छिन्द्र र पुलिसको खेलसँगै लिगको आठौं चरणका खेल सुरु भएका छन् । लिगअन्तर्गत बिहीबार २ खेल हुने छन् । दिउँसो १२ बजे हुने खेलमा थ्री स्टार र हिमालयन शेर्पा भिड्ने छन् भने जवलाखेल युथ क्लब र एपिएफि क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ । दुवै खेल दशरथ रंगशालामै हुने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.