मच्छिन्द्रका कमब्याक जित, शीर्ष स्थानमा उक्लियो

विभागीय टिम एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बल शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफलाई २–१ले हरायो ।

एपिएफविरुद्धको जितपछि मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लियो । मच्छिन्द्रको १० खेलमा २१ अंक भएको छ भने दोस्रो स्थानको आर्मीका २० अंक छ । तर, आर्मीले १ खेल कम खेलेको छ । एपिएफ भने ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

शनिबार भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन विशाल राई र रञ्जित धिमालले गोल गरे भने एफिएफका रमेश दंगालले गोल गरेका थिए ।

खेलमा अग्रता एपिएफले लिएको थियो । उसले ४३औं मिनेटमा रमेशका गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १–०ले पछि परेको मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ४८अ‍ैं मिनेटमा विशाल राईले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काएका थिए । उनले रन्जित धिमालको कर्नरमा गोल गरेका थिए ।

७९औं रन्जितले गोल गरेपछि मच्छिन्द्रले अग्रता लियो । उनले पेनाल्टीमा गोल गरेका थिए । रन्जितको पेनाल्टीले एपिएफिका किपरले रोकेका थिए, तर रिबाउन्टमा गोल गर्दै रन्जितले मच्छिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.