मन्छिन्द्र क्लबलाई सान मिगेलको साथ, कप्तान बने विराज

अधिकांश राष्ट्रिय खेलाडीलाई अनुबन्ध गर्दै लिग जित्ने अभियानमा रहेको ए डिभिजन क्लब मन्छिन्द्रलाई आसन्न लिगमा सान मिगेलले प्रायोजन गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सान मिगेलले मच्छिन्द्रलाई एक वर्षका लागि प्रायोजन गरेको हो । सम्झौता पत्रमा हस्ताक्षर भए पनि रकम भने खुलाइएन । शनिबारबाट सुरु हुने सहीद स्मारक ए डिभिजन लिगमा अब मन्छिन्द्रको नाम सान मिगेल मच्छिन्द्र रहने छ । सान मिगेलसँगै मच्छिन्द्रलाई पेपे पिजा, नेपा टपलगायतले पनि प्रायोजन गरेका छन् ।

कार्यक्रममा क्लबको एक वर्षको बजेट २ करोड रहेको जानकारी दिइयो । जसमा झन्डै करोड रुपैयाँ खेलाडीमा खर्च गरिएको छ ।

अघिल्लो सिजन तालिकाको पुछारमा रहेको मच्छिन्द्र यस पटक भने लिग जित्ने अभियानमा छ । सोही अनुसार उसले मनाङ, थ्री स्टारलगायतका ठूला क्लबबाट खेलिरहेका राष्ट्रिय खेलाडीलाई क्लबमा ल्याएको छ ।

मच्छिन्द्रले लिग विजेता मनाङबाट ७ खेलाडी ल्याएको छ भने थ्री स्टारबाट ४ खेलाडी भित्र्याएको छ । उसले मनाङबाट राष्ट्रिय टिमका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अभिषेक रिजाल र देवेन्द्र तामाङलाई ल्याएको छ । अभिषेक र देवेन्द्रलाई मनाङले लिग सकिएपछि एएफसी कपका लागि क्लबमा ल्याएको थियो ।

यसैगरी उसले थ्री स्टारबाट रेजिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनलाई भित्र्याएको छ भने उसले युवा स्टार रेजिन सुब्बा र दीपक राईलाई समेत अनुबन्धन गरेको छ ।

यसैबीच ए डिभिजन लिगमा मच्छिन्द्रको कप्तानी विराज महर्जनले गर्ने भएका छन् । शुक्रबार अयोजित कार्यक्रममा क्लबलाई विराजलाई कप्तानीको जिम्मा दिएको हो ।

मच्छिन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानमा विराजलाई चयन गरेको जनाएको छ । मच्छिन्द्रको प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटवाल रहेका छन् । लिगको उद्घाटन खेलमै मच्छिन्द्रले ब्रिगेड ब्बाइजको सामाना गर्ने छ ।

ए डिभिजन लिगमा मछिन्द्रको टिम :

  • विराज महर्जन
  • विशाल श्रेष्ठ
  • विशाल राई
  • अविशेक रिजाल
  • विजय धिमाल
  • हेमन गुरुङ
  • रेजिन सुब्बा
  • रञ्जित धिमाल
  • बुद्ध चेम्जोङ
  • देवेन्द्र तामाङ
  • दिपक राई
  • सुजल श्रेष्ठ
  • सुर्य अधिकारी
  • योगेश गुरुङ
  • आन्द्रियस निया
  • पिटर सेगुन
  • ओडेलाजा सोमिडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *