ए डिभिजन लिगमा नयाँ रेकर्ड बनाउने मनाङको दाउ

एन्फा विवादका कारण ४ वर्षपछि भएको सहिद स्मारक ए डिभिजन लिगका १०औं चरणका खेल सकिएको छ । लिगमा १०औं चरणका खेल सकिँदा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा कायमै छ ।

जारी लिगको उपाधि लगभग आफ्नो पक्षमा पारिसकेको मनाङले ६४ वर्ष पुरानो रेकर्ड तोड्ने लक्ष्य बनाएको छ । अब उ लिगमा शतप्रतिशन नतिजा निकाल्दै लिग जित्न चाहन्छ ।

शीर्ष स्थानको मनाङले १० खेलमा ३० अंक जोडेको छ भने दोस्रो स्थानको संकटाको २५ अंक छ । यस्तै २३ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा छ भने त्रिभुवन आर्मी क्लब १८ अंक जोड्दै लिगको चौथो स्थानमा छ ।

लिगमा अब तीन चरणका खेल बाँकी छन् । ११औं चरणमा मनाङले दोस्रो स्थानमा रहेको संकटा क्लबको सामना गर्ने छ । यस्तै मनाङले हिमलायन शेर्पा र फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ ।

अबको खेलमा मनाङले संकटालाई पराजित गरे ऊ २ खेल बाँकी छँदै लिग च्याम्पियन बन्ने छ । अब उसलाई उपाधि उचाल्न ३ अंक मात्र आवश्यक छ ।

लागतार १० जित निकाल्दै मनाङले नयाँ रेकर्ड बनाइसकेकाले शतप्रतिशत जितका साग उपाधि उचाल्दै रेकर्ड बनाउन चाहान्छ । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि दाबेदार टिम थ्री स्टार, नेपाल आर्मी, पुलिस र एपिएफलाई पराजित गरिकसकेका आफूहरु नयाँ कीर्तिमान बनाउने दाउमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP