ए डिभिजन लिगको प्रतिष्ठित भिडन्त बराबरीमा सकियो, मच्छिन्द्र र आर्मीलाई फाइदा

सहिद स्मारक ए डिभिजन लिगका दुई ठूला क्लब मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीचको प्रतिष्ठित भिडन्त बराबरीमा सकिएको छ । शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेल डिफेन्डिङ च्याम्पियन मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खलेका हुन् ।

उपाधिका दुई प्रमुख दाबेदार क्लब बराबरीमा रोकिँदा त्यसको प्रत्यक्ष फाइदा त्रिभुभवन आर्मी क्लब र मच्छिन्द्र क्लबलाई भएको छ । आजको खेल जित निकालेको भए लिगको अपराजित एक्लो टिम मनाङ शीर्ष स्थानमा उक्लिने थियो । तर, त्यो अवसर मनाङले गुमायो ।

मनाङ र थ्री स्टारको बराबरीसँगै लिगका शीर्ष तीन टिमको समान १३ अंक भएको छ । गोलअन्तरका आधारमा आर्मी शीर्ष स्थानमा छ भने मच्छिन्द्र दोस्रो स्थानमा रहँदा मनाङ तेस्रो स्थानमा छ । मच्छिन्द्र र मनाङले ७ खेल खेल्दा आर्मीले ६ खेल मात्र खेलेको छ ।

थ्री स्टार बलियो मनाङविरुद्ध खेलको १९औँ मिनेटमै अग्रता लियो । थ्री स्टारलाई भारतीय खेलाडी लाल रम्मावरले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । भर्खरैमात्रै थ्री स्टारमा आबद्ध भएका रम्मावर मनाङ मार्फत नै ए डिभिजन लिगमा डेब्यू हुन् ।

पहिलो हाफमा केही कमजोर देखिएको मनाङले दोस्रो हाफमा भने उत्कृष्ट खेल खेल्यो । अञ्जन विष्टले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । थ्री स्टारका डिफेन्डर अशोक खवासले अञ्जनलाई डिबक्समालडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ६९औँ मिनेटमा अञ्जनले नै डिबक्सभित्र हेडिङ गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । निर्धारित मिनेटको खेल सकिनु सात मिनेटअघि रम्मावर गोल गर्दै थ्री स्टारको हार टारे ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले मनाङविरुद्ध पहिलो हाफमा मौका चुकाउन पुग्दा तीन अंक लिन असफल भएको बताए । ‘पहिलो हाफमा हामीले निकै राम्रा अवसर पायौँ,’ उनले भने, ‘दोस्रो हाफमा मनाङको पक्षमा खेल गइसकेको थियो ।’

मनाङका प्रशिक्षक धानेश्वर प्रजापतिले डिफेन्सको गल्तीमा गोल बेहोरेको बताए । ‘दोस्रो हाफमा लिएको अग्रता रक्षा गर्न सकेनौँ,’ प्रजापतिले भने, ‘डिफेन्समा कमजोरी हुँदा विपक्षीले खुलेर खेल्ने मौका पाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.