मनाङ उपाधि होडबाट बाहिरियो

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ । लिग अन्तर्गत १२औं चरणको खेलमा त्रिभुवन आर्मी क्बलले ब्रिगेड बोइजलाई ३–०ले हराएसँगै मनाङ उपाधि होडबाट बारिहएको हो ।

लिगमा २ खेल खेल्न बाँकी छँदा मनाङको २२ अंक छ । शीर्षस्थानको त्रिभुनव आर्मी क्लबको २९ अंक छ भने दोस्रो स्थानमा मच्छिन्द्र क्लबो २८ अंक छ । लिगको अन्तिम खेलमा आर्मी र मच्छिन्द्र नै भिड्ने भएकाले मनाङ २ खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिएको छ ।

मनाङ आजै नेपाल पुलिस क्लबको सामाना गर्ने छ । र, अन्तिम खेलमा उसले जावलाखेल युथ क्लबसको सामाना गर्ने छ । दुवै खेलमा जिते पनि मनाङको २८ अंक मात्र हुने छ ।

मनाङले लिगमा १ खेलमात्र हारेको छ । ११औं चरणमा उ च्यासल युथ क्लबसँग २–०ले पारजित भएको थियो । फ्रेन्ड्स, मच्छिन्द्र, हिमालयन शेर्पा र थ्री स्टारसँगको लागतर ४ बराबरी नै मनाङको उपाधि होडबाट बाहिरिनुको कारण बन्यो । अझ फ्रेन्ड्स र हिमालयन शेर्पासँगको बराबरी त उसका लागि उपाधि रक्षाको अभियानमा प्रमुख बाधकका रुपमा रह्यो ।

मनाङ एडिभिजन लिगको सर्वाधिक सफल टिम हो । मनाङले सर्वाधिक ८ पटक लिग उपाधि जितेको छ भने आरसिटी ६ र थ्री स्टार ४ पटक च्याम्पियन बनेका छन् ।

खवासले बनाए कीर्तिमान

लिग अन्तर्गत मंगलबार ब्रिगेड बोइजविरुद्ध आर्मीलाई ३–०को जित दिलाउने क्रममा गोल गर्दै कप्तान भरत खवासले ए डिभिजन लिगमा कीर्तिमान बनाए । ब्रिगेड बोइजविरुद्ध ५औं मिनेटमा गोल गर्दै भरतले लिगमा ५० गोलको कोसेढुंगा पार गरे । यो सिजन भरतको लिगमा यो चौथो गोल हो ।

लिगमा ५० गोल पुरा गर्ने भरत आठौं खेलाडी बनेका छन् । लिगमा सन्तोष साहुखल, बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष तामाङले ५० गोल पूरा गरेका छन् । साहुखलले लिगको १०० गोलको कोशेढुंगा पनि पार गरेका छन् । यो उपलब्धि हाँसिल गर्ने उनी एक्ला खेलाडी हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.