मिक्छेन तामाङ थ्री स्टारमै रहने

युवा मिडफिल्डर मिच्छेन तामाङ यो सिजन पनि थ्री स्टारमै रहने भएका छन् । मिक्छेतले थ्री स्टारसँगको सम्झौता नवीकरण गरेसँगै उनले असन्न ए डिभिजन लिग थ्री स्टारबाटै खेल्ने भएका हुन्।

पछिल्ला वर्षयता मिक्छेन थ्री स्टारबाटै खेल्दै आएका थिए । आफ्ना अधिकांश पुराना खेलाडीसँग सम्झौता नवीकरण गरिरहेको थ्री स्टारले मिक्छेनसँग पनि सम्झौता नवीकरण गरेको हो ।

कार्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि थ्री स्टारले कप्तान विक्रम लामा, अनन्त तामाङ, निराजन महर्जन, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो भने आयुष घलान, डोना थापा र विदेशी खेलाडी राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।

Facebook Comments Box