भोलाको निर्णायक गोलमा पुलिस विजयी

शहीद स्मारक एक डिभिजन लिगको विभागीय ‘डर्बी’ अर्थात् नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफबीचको भिडन्तमा पुलिस क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा भएको लिगको आठौं चरणको पहिलो खेलमा जित निकाल्ने क्रममा पुलिसले एपिएफलाई १–०ले हरायो ।

विभागीय डर्बीमा पुलिसलाई जित दिलाउन भेट्रान खेलाडी भोला सिलवालले निर्णायक गोल गरे । भोलाले १३औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । भरत साहलाई एपिएफका खेलाडीले डिबक्समा फाउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही अवसरमा भोलाले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन सक्दा भोलाका सोही गोल खेलको निर्णायक बन्यो । खेलसकिए पछि रेफ्रिलाई अभद्र व्यावहार गरेपछि एपिएफका डिफेन्डर सुदीप शिख्राकारले रातो कार्ड पाए ।

जितपछि १४ अंक जोड्दै पाचौं स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ४ जित र २ बराबरी , २ हारको सामाना गरेको छ । एपिएफ भने ५ अंकका साथ १३औं स्थानमा छ । १७ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानम छ भने समान १६ अंक जोडेका मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.