नवौं चरणको अन्तिम दिन एनआरटी र फ्रेन्डस विजयी

सहिद स्मारक ए डिभिज लिगको नवौं चरणको अन्तिम दिन न्यूरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–०ले हराउँदा एनआरटीले ब्रिगेड ब्बोइजको चुनौती २–०ले पन्छायो ।

दशरथ रंगशालामा बिहीबारको पहिलो खेलमा फ्रेन्ड्सको जितमा उत्तम राईले निर्णायक गोल गरे । उनले खेलको अन्त्यतिर गोल गर्दै टिमको जित निश्चित गरे ।

पहिलो हाफ बराबरी सकिएको खेलमा ८४औं मिनेटमा विश्व अधिकारी फ्रिकिक किपर एलन न्यौपानले पन्च गर्दै बचाएपछि प्राप्त अवसरमा उत्तमले गोल गरेका थिए । यो फ्रेन्ड्सको लागतार तेस्रो जित हो ।

यसैगरी बिहीबार नै भएको दोस्रो खेलमा एनआरटीले ब्रिगेड ब्बोइजलाई २–०ले हरायो । उसका लागि राजेश परियारले दुवै गोल गरे । २२औं मिनेटमा कृष्ण कुमार घाइते भएपछि उनी मैदान छिरेका थिए ।

मैदानछिरेको १० मिनेटमै राजेशले एनआरटीलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा पुनः राजेशले नै गोल गर्दै एआटरटीको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि नै ब्रिगेड ब्बोइजले गोलको सुनौलो अवसर खेर फाल्यो ।

६२औं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान अनिल गुरुङ गोल गर्न चुके । उनको पेनाल्टी गोलकिपर अजित प्रजापतिले रोकेका थिए ।

नवौैं चरणको समाप्तिपछि पनि लिगको शीर्ष ३ कुनै परिवर्तन भएन । २० अंकका साथ त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र क्लब र मनाङ मस्र्यांङ्दी क्लबको समान १९ अंक छ ।

ब्रिगेड ब्बोइजलाई हराएसँगै एनआरटी भने थ्री स्टार र नेपाल पुलिसलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । उसको १४ अंक छ । थ्री स्टार र पुलिस समान १४ अंकका पाचौं र छैठौं स्थानमा छन् । फ्रेन्ड्स क्लब ११ अंकका साथ नवौं स्थानमा छ भने च्यासल ९ अंकका साथ १० औं र ८ अंक जोडेको च्यासल ११औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.