मनाङ छाड्दै रञ्जन एनआरटीमा

स्ट्राइकर रञ्जन विष्ट मनाङ मर्स्यादी क्लब छाड्दै न्युरोड टिम एनआरटीमा आबद्ध भएका छन्। गत सिजन ए डिभिजन लिग मनाङबाट खेलेका रञ्जनले नयाँ सिजनका लागि एनआरटी रोजेका हुन्।

एनआरटीले आसन्न् ए डिभिजन लिगका लागि रञ्जनलाई अनुबन्धन गरेको हो। एनआरटीले शुक्रबार रञ्जनसँग सम्झौता गरेको छ। नेपाल सुपर लिग (एनएसएल) रञ्जनले ललितपुर सिटीबाट खेलेका थिए।

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले यसअघि दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ। दुवैले एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

रञ्जनले बोइन युनियन, संकटा क्लब, थ्री स्टार क्लब र एपिएफबाट खेलिसकेका छन्।

Facebook Comments Box