संकटा क्लबलाई चिनियाँ कम्पनी युक्यानको प्रायोजन

Read Time:1 Minute

नेपाली शीर्ष डिभिजन क्लब संकटालाई चिनियाँ कम्पनी युक्यानले प्रायोजन गरेको छ। आसन्न ए डिभिजन लिगका लागि खेलकुद सामग्री उत्पादन गर्ने चिनियाँ कम्पनी युक्यानले संकटालाई प्रायोजन गरेको हो।

शुक्रबार एक कार्यक्रमबीच संकटा र युक्यानबीच प्रयोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संकटा क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र सिख्राकार र युक्यानका प्रबन्ध निर्देशक राजिन महर्जनले हस्ताक्षर गरे।

सम्झौतासँगै युक्यालने लिगका लागि संकटा क्लबलाई १० लाख रुपैयाँ बराबरको खेल सामग्री उपलब्ध गराउनेछ। यस्तै, संकटाले लिगमा युक्याले उत्पादन गरेको जर्सी लगाउने छ।

यसअघि युक्यानले फ्रेन्ड्स, च्यासल र जावलाखेल युथ क्लबसँग पनि किट्स पार्टनका रुपमा सम्झौता गरिसकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post न्युजिल्यान्डका ब्याट्सम्यान डेभन कन्वेले विश्वकप फाइलन गुमाउने
Next post एन्फाले तोक्यो लिगको टिकट मुल्य, साधारणतर्फ १ सय, भिआईपीको ५ सय
Close