संकटा र ब्रिगेड बोइज बराबरीमा रोकिए

ए डिभिजन लिगको सातौं चरणमा ब्रिगेड बोइज र संकटा क्लबले बराबरी खेलेका छन् । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ब्रिगेड बोइज र संकटाले गोलरहित बरारबी खेल्दै अंक बाँडेका हुन् ।

सात खेलमा दुई जित र तीन बराबरी खेलेको संकटा नौ अंकका साथ आठौं स्थानमा छ भने ब्रिगेड बोइज दुई जित र दुई बराबरीसहित आठ अंक जोड्दै नवौं स्थानमा छ । समान १३ अंक जोडेका त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्याङ्दी क्लब क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

खेलमा संकटाले ब्रिगेड बोइजलाई अधिकांश समय दबाबमा राखेको थियो । तर, ब्रिगेट बोइजका किपर विशाल सुनारले उत्कृष्ट प्रदर्शन गरेपछि संकटा गोल गर्न भने असफल भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.