सरस्वती क्लब एक खेलअघि नै रेलिगेसनमा

लिग नसकिँदै सरस्वती युथ क्लब रेलिगेसनमा परेको छ । सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सरवस्ती एक खेलअगावै रेलिगेसनमा परेको हो । सरस्वती च्यासलसँग २–१ ले पराजित भएको थियो ।

लिमगा १२ खेल खेलेको सरस्वतीले १ जित, १ बराबरी र १० हार बेहोरोको छ । र, उसको ४ अंक मात्र छ । सोमबार नै भएको पखिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई पारजित गरेपछि रेलिगेसनबाट तत्कालका लागि बच्न सरस्वतीलाई जितको विकल्प थिए । १३औं स्थानमा रहेको एफिएफको ८ अंक छ ।

सरस्वतीले एकमात्र जित हिमालयन शेर्पाविरुद्ध हात पारेको थियो । सो खेल सरस्वतीले ४–३ले जितेको थियो भने ब्रिगेड बोइससँग गोलरहित बराबरी खेलेको थियो । सरस्वतीले क्लबले लिगका १२ खेलमा ८ गोल गर्दा ३० गोल खाएको छ । उसले मच्छिन्द्र क्लबसँग लिगकै फराकिलो ६–१को हार बेहोरेको थियो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलको जितमा दुवै गोल जापानी खेलाडीले गरेका थिए । ताइगा नाकामुरा र हायातो वाकिनोले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २–० को अग्रता दिलाए । इन्जुरी समयमा सरस्वतीका बुसारीले गोल गरेका थिए ।


२०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती क्लब सोही वर्ष रेलिगेसनमा परेको थियो । २०६४ मा पुनः बी डिभिजन लिग जित्दै ए डिभिजनमा फर्किएको सरस्वती क्लब त्यसयता लगातार ए डिभिजन लिग खेलिरहेको छ । तर, यसपटक भने सरस्वती रेलिगेसनबाट बच्न सकेन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.