ए डिभजिन लिगका लागि सातदोबोटोले भित्र्यायो ४ नयाँ खेलाडी

Read Time:1 Minute

ए डिभजिन लिगको तयारी गरिरहेको सातदोबाटो युथ क्लबले ४ नयाँ खेलाडी क्लबमा भित्र्याएको छ। सातदोबाटोले आइतबार मात्र ४ नयाँ खेलाडीसहित ५ खेलाडीसँग सम्झौता गरेको छ।

सातदोबाटोले च्यासल युथ क्लबका अभिषेक बराल, श्री कुमारी क्लबका आशिष राई, टुसाल क्लबका मिडफिल्डर सुदिप गुरुङ र एपीएफ क्लबका मिडफिल्डर प्रकाश पुनलाई अनुबन्धन गरेको छ।

यस्तै उसले आफ्ना कप्तान वसन्त तामाङसँग सम्झौता नवीकरण गरेको छ। सातदोबाटो बी डिभिजन लिग च्याम्पियन बन्दा बसन्त टिमका कप्तान रहेका थिए ।

यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटोले लिगका लागि युवा स्ट्राइकर स्यान्सु भुसालसहित हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङ, मोफसलमा चम्एिका युवा फरवार्ड बिक्रमसिंह ठकुरी, विदेशी खेलाडी पिटर सेगुन र मार्टिनलाई अनुबन्धन गरेकोछ।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजिन लिगमा सतदोबाटोले शीर्ष ६ पर्ने लक्ष्य बनाए छ। सोही अनुसार टिम निर्माण भइरहेको क्लबका महासचिव सुनिल विष्टले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रसेल भन्छन्– मलाई फेल्प्ससँग तुलना नगर्नुस्
Next post एन्फा प्रवक्ता राईले दिए राजीनामा
Close