संजोगले गरे ह्याट्रिक, सरस्वतीविरुद्ध थ्री स्टारको सानदार जित

संजोग राईले ह्याट्रिक गरेपछि १०औं चरणको पहिलो खेलमा थ्री स्टार क्लबले सानदार जित निकालेको छ । शनिबार दशरथ रंगशालामा भएको पहिले खेलमा संजोगको ह्याट्रिक मद्दतमा थ्री स्टारले सरस्वती क्लबलाई ४–०ले हरायो ।

थ्री स्टार र सरस्वतीबीचको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा भने थ्री स्टारले सुधारिएको खेल प्रदर्शन गर्दै सरस्वतीको पोस्टमा ४ गोल ग¥यो ।

४८औं मिनेटमा लाल राम्मव्राले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । त्यसपछिका ३ गोल संजोगको नाममा रह्यो । संजोगले १४ मिनेट अन्तरमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

संजोगले ५७औं मिनेटमा गोल थ्री स्टारको अग्रता दोब्बर बनाए । उनले ६०औं मिनेटमा व्यक्तिग दोस्रो र क्लबका लागि तेस्रो गोल गरे । ७१औं मिनेट गोल गर्दै संजोगले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ४–०को सहज जित दिलाए ।

यो जिसँगै थ्री स्टार १७ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । उसले १० खेलमा ५ जित, २ बराबरी र ३ हारको सामाना गरेको छ । सरस्तवी क्लब भने ४ अंकका साथ लिगको पुछारमा छ । २० अंक जोडेको त्रिभुवन आर्मी क्लब लिगको शीर्ष स्थानमा छ भने सनमा १९ अंक जोडेका मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.