मनाङका विंगर सुशील फ्रेन्ड्समा

विंगर सुशील लामा फ्रेन्ड क्लबमा अनुबन्धन भएका छन्। आसन्न ए डिभिजन लिगका लागि सुशील फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका हुन्।

सुशील ए डिभिजन लिगअ अवधिभरका लागि फ्रेन्ड्स क्लबमा आबद्ध भएका हुन्। सुशील नेपाली क्लब फुटबलको सर्वाधिक सफल क्लब मनाङ छाड्दै फ्रेन्ड्स क्लबमा आबद्ध भएका हुन्।

सुशीलले मनाङबाट दुई सिजन खेलेका थिए। उनले आफूलाई अन्य क्लबबाट प्रस्ताव आए पनि आफूले फ्रेन्ड्सलाई रोजेको बताए।

वि.सं. २०६९ मा एनआरटीबाट ए डिभजिन लिगमा डेब्यू गरेका सुशीलले २०७० मा पनि सुशीलले फ्रेन्ड्सबाट ए डिभजिन लिग खेलेका थिए।

Facebook Comments Box